
file pic
पोखरा-आगामी फागुनमा हुने पोखरा अन्तराष्ट्रिय म्याराथनको विजेताले ५ लाख रुपैयाँ पाउने छन् । गतवर्षको भन्दा यो संस्करणमा पुरस्कार राशी १ लाख रुपैयाँ बढाइएको हो । गत वर्ष ४ लाख रहेको पुरस्कार राशी थियो । नेपाल भुतपूर्व खेलाडी मञ्च पोखराको आयोजनामा आगामी फाुगन ६ गते शनिबार आयोजना हुने ४२.१९५ किमि म्याराथनका उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छ । तेस्रो स्थानमा आउने धावकले २ लाख रुपैयाँ, चौथो हुनेले नगद ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीका अनुसार गण्डकी प्रदेशतर्फको विजेताले समेत छुट्टै नगद पुरस्कार प्राप्त गर्ने छन् । गण्डकी प्रदेशतर्फ पहिला,े दोस्रो र तेश्रो हुनेले क्रमश नगद ५०, ३० र २० हजार प्राप्त गर्ने उनले जानकाी दिए । महिला हाफ म्याराथनतर्फ समेत नगद पुरस्कारमा वृद्धि गरिएको छ । हाफ म्याराथन विजेताले १ लाख ५० हजार, द्वितियले १ लाख, तृतीयले ७५ हजार र सान्त्वना हुनेले १५ हजार रुपैयाँ पाउने भुतपूर्व खेलाडी मञ्च पोखराले जनाएको छ । पोखरा म्याराथन अन्तर्गत १० किमि महिला तथा पुरुष दौडका विजेताले क्रमश प्रथम हुनेले नगद ३०, द्वितीय हुनेले नगद २० र तृतीयले १५ हजार प्राप्त गर्नेछन् । विद्यालयस्तरिय छात्र÷छात्रा दौडको समेत पुरस्कार राशी बढाइएको छ । ह्विल चियर महिला पुरुष तथा दृष्टिविहिन महिला पुरुष दौडतर्फ समेत पुरस्कार राशी बढाइएको मञ्चले जनाएको छ ।
कोभिड १९ का कारण फरक फरक मितिमा पोखरा म्याराथन आयोजना हुँदै आएकोमा यो पटक भने सबै इभेन्टहरु एकै पटक एकै समय फागुन ६ गते शनिवारनै हुने अध्यक्ष पराजुलीले बताए । पुरस्कार राशीमा समेत भारी वृद्धि गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुलाई आकर्षण बढाउने तर्फ मञ्चको ध्यान केन्द्रित गरिएको छ । उनले भने–“वर्ष १६ औं संस्करणको कुल पुरस्कार राशी नगद १२ लाख २६ हजार थियो । तर अव पुरस्कारतर्फ कुल नगद १७ लाख ५२ हजार पु¥याएका छौं ।” यो संगै म्याराथन पुरा गर्ने धावकका शीर्ष १ सय जना, हाफ म्याराथनतर्फ ५० जना, १० किमि पुरुषतर्फ २ सय जना महिला १० किमितर्फ १ सयजना र छात्र–छात्रासमेत गरी करिव एक हजार मेडलका साथमा प्रमाण पत्र समेत वितरण गरिनेछ ।
‘नेपाल भूतपूर्व खेलाडी मञ्च’को आयोजनामा हुने ‘१७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को तयारी शुरु गरेको छ । पोखरा म्याराथनको तयारी संगै मञ्चले खेलाडी दर्ता प्रक्रिया समेत अघि बढाएको जनाएको छ । म्याराथन सफल बनाउन अध्यक्ष पराजुलीको मुल संयोजकत्वमा २२ सदस्यीय विभिन्न समिति समेत गठन गरिएको छ ।
पोखराको प्रतिष्ठित उद्योग मध्ये एक सुजल डेरीको उत्पादन सफल दुध मुख्य प्रायोजक रहेको पोखरा म्याराथनलाई गण्डकी प्रदेश सरकार, यूवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगर पालिका, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरेली मञ्च युके मुख्य सहयोगीको रुपमा रहेका छन् । त्यसै गरी तमु धिं युके, सहारा युके, बगर भाई खलक यूके, नेपाली समाज अमेरिका, दुर्गा गुरुङ यूके, सहारा क्लव अस्ट्रेलिया, सहारा क्लव हङकङलगायत स्वदेश तथा विदेशका समाजसेवीहरु, उद्योगी तथा व्यवसायीहरुले सहयोग गर्दै आएका छन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…