
पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको छ । आईतबार पोखरा रंगशालामा विशेष कार्यक्रम मार्फत सम्मान गरिने छ । गत असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेश ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदक जितेको थियो ।
प्रतियोगितामा एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरिने छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरिने छ ।
प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश १०, ८ र ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय परिषदले गरेको छ । व्यवस्थापकलाई ८, ६ र ४ हजार प्रदान गरिने छ भने खेल संघहरुलाई ४०, ३० र २० हजार प्रदान गरिने छ । गण्डकी प्रदेशबाट पदक विजेता मध्ये २८ खेलका स्वर्ण पदक प्राप्त गर्ने कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना सम्मानित हुने छन् ।
त्यसै गरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित हुनेछन् । नवौं राष्ट्रियमा रेकर्ड व्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरिने प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव घनश्याम पौडेलले जानकारी दिए । सदस्य सचिव घनश्याम पौडेलले प्रदेशको खेलकुद विकासका लागि तालिम प्रभावकारी रहने बताउँदै खेलकुदको जग बलियो बनाउन सबैको उत्तिकै प्रभावकारी भूमिका हुनुपर्ने कुरामा जोड दिए ।
खेलकुदमा सुशासन पहिलो दायित्व रहने बताउँदै सदस्य सचिव पौडेलले जिल्ला खेलकुदको भूमिका लाई अझै प्रभावकारी बनाउन परिषदल आर्थिक वर्ष २०७९÷०८०मा बजेट समेत विनियोजन गरिएको बताए । जिल्ला खेलकुदहरुको कार्यालय व्यवस्थापन, लेखा प्रणाली र जिन्सीहरुको अभिलेख र प्रमाणीकरणमा स्पष्टता भएमा मात्र खेलकुदको जग बलियो बन्न सहज वातावरण बन्ने उनको भनाई थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…