
पोखरा-पहिलो दिन सशस्त्र प्रहरी बलसँग पराजित हुदैं घाईते बनेको त्रिभुवन आर्मी क्लबले तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको दोस्रो दिन पाहुना टोलीमाथि सोझो सेटको जित निकाल्दै पुरुष भलिबलमा आफनो साखलाई कायमै राखेको छ ।
टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालित प्रतियोगिताको दोस्रो दिन सोमबार पाहुना टोली एसटिआई श्रीलंकाको टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिग तालिकामा तीन अंक जोडेको छ ।
पहिलो सेट प्रतिस्पर्धात्मक बन्ने देखिएपनि श्रीलंकाली टोलीको प्रदर्शन लोभलाग्दो देखिएन् । नयाँ कोर्टमा विभागीय क्लबसँग उत्रिएको पाहुना टोली पहिलो सेटमा २५–२० को अन्तरमा पराजित हुन पुग्यो । दोस्रो सेटमा अझै खस्कदो प्रदर्शन गर्यो । दोस्रो सेट २५–१७ ले गुमाएको श्रीलंकाली टोली तेस्रो सेटमा अझै कमजोर देखियो । आर्मीको स्पाईकलाई पाहुना टोलीका लिबेरोको डिफेन्स निकै कमजोर रह्यो । तेस्रो सेट २५–१० मा गुमाएपछि पाहुना टोलीको प्रदर्शनले दर्शक उत्साहित बनाउन असमर्थ रह्यो ।
पुरुष तर्फको दोस्रो खेलमा सशस्त्र प्रहरी बलले नेपाल पुलिस क्लबमाथि ३–१ को सेटले जित निकाल्दै लिगो शीर्षस्थानमा रहेको छ । अघिल्लो दिन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको सशस्त्रले सोमबार अर्को विभागीय क्लब नेपाल पुलिस क्लबमाथि जित निकाल्दै शीर्षस्थानमा यथावत रह्यो । २५–१९ ले पहिलो सेट लिएको सशस्त्रले दोस्रो सेट पनि पुलिसलाई सुम्पिन पुग्यो । २१–२५ को स्थितिमा गुमाएको सशस्त्रले तेस्रो सेट २५–१९ मै लिए । चौथो सेट पनि पुलिसलाई २५–१८ मै हराउँदै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपमा उपाधि दावेदारीलाई बलियो बनाई राखेको छ ।
महिला तर्फको प्रतिस्पर्धामा गण्डकी प्रदेश भने सशस्त्र प्रहरी बलसँग सोझो सेटमा पराजित भएको छ । २५–११, २५–१९ र २५–१६ मा गण्डकी प्रदेशलाई पराजित गर्दै सशस्त्रले जित निकाल्यो । टाईगर ग्रुपको आयोजनामा सञ्चालित प्रतियोगिता आगामी माघ १४ गतेसम्म सञ्चालन हुने छ । विजेता महिला तथा पुरुष टोलीले नगद ५÷५ लाख रुपैयाँ राशी प्राप्त गर्ने छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…