
(प्रदेश खेलकुद परिषद लोगो)
पोखरा-प्रदेशस्तरीय खेलकुद प्रतियोगिताको आयोजना गर्न गण्डकी खेलकुद परिषदले आवश्यक बजेट छुट्टाएको छ । केही खेल सम्पन्न भईसकेको छ । केही खेल भने आयोजनाका संघारमा छन् ।
प्रदेश खेलकुद परिषद गण्डकीले राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको विभिन्न ३५ खेलको लागि बजेट छुट्टाइएको परिषदका उपाध्यक्ष ध्वजकुमाजर गुरुङले बताए । ‘बजेट छुट्टाएपनि प्रदेश र संघका निर्वाचनले आचार संहिता लाग्यो’ उनले भने–‘प्रदेशमा मन्त्रीमण्डल बनेपछि छुट्टाएको खेलकुद बजेटेले धमाधम प्रतियोगिता आयोजना गर्ने तयारी छ।’ परिषदले प्रदेशस्तरीय फुटबल तथा क्रिकेट प्रतियोगिताको लागि १०÷१० लाख रुपैयाँ उपलब्ध गराएको छ । छुट्टाईएको बजेटले क्रिकेट प्रतियोगिता आयोजनाको तयारी गरिएको कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । ‘छुट्टाएको बजेटबाट क्रिकेट प्रतियोगिता गर्ने तयारीमा छौं ।’ क्रिकेट संघ कास्कीका अध्यक्ष सन्जयकान्त सिग्देलको भनाई छ ।
भलिबल तथा बास्केटबल प्रतियोगिताको लागि १६ लाख रुपैयाँ छुट्टाइएको परिषद उपाध्यक्ष गुरुङले जानकारी दिए । त्यसैगरी जुडो, आर्चरी, हाप्किडो, शारीरिक सुगठन, साईक्लिङ, जिमन्याष्टिक, हक्की, टेबल टेनिस(टिटी), मुआथाई, आईटिफ तेक्वान्दो र लन टेनिसको लागि ३३ लाख रुपैयाँ छ । ‘११ वटा खेललाई ३ लाख रुपैयाँका दरले छुट्टाइएको छ ।’ उनले सुनाए । बक्सिङ, फुलकन्ट्याक्ट कराँते, तेक्वान्दो, भारोत्तोलन, ह्याण्डबल, ट्रायथलोन, व्याडमिन्टनलाई गरी ४५ लाख रुपैयाँ छुट्टाइएको छ । उसु, रग्बी, फेन्सिङ, पौडी, गल्फ, कबड्डी, स्क्वास, बुद्धिचाल, कुस्ती, सेपाक ताक्रो र खो खो खेलको लागि पनि २२ लाख रुपैयाँ छुट्टाइएको छ ।
‘सबै खेललाई समेटेर बजेट बनाइएको हो ।’ परिषद उपाध्यक्ष गुरुङ सुनाउँछन् । कास्की जिल्ला आर्चरी संघले आगामी फागुनको पहिलो साता प्रदेशस्तरीय आर्चरी प्रतियोगिता गर्ने तयारी समेत गरेको छ । आर्चरी संघले दोस्रो गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिता गर्ने जनाएको छ । आगामी फागुन ५ र ६ गते गर्ने उल्लेख गरेको छ । संघले रिकर्भ ओपन पुरुष र महिला दुवै इभेण्टमा प्रतिस्पर्धा गराउने जनाएको छ । त्यस्तै स्टाण्डर्ड पुरुष तर्फ र ६० वर्ष माथिको पुरुषको भेट्रान्स प्रतियोगितालाई समेत समेटिएको कास्की जिल्ला आर्चरी संघले जनाएको छ । ‘विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिता गर्ने तयारीमा छौं’ कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुसिलकुमार श्रेष्ठले भने– प्रदेशको बजेटले विद्यलायस्तरीय आयोजना गर्ने छौ ।’
आगमी अप्रिल ६ मा विश्व टेबल टेनिस दिवस हो । विश्व टेबल टेनिस दिवसको अवसरमा कास्की जिल्ला टेबल टेनिस संघले जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको संघका अध्यक्ष उत्तम जोशीले बताए । ‘विश्व टेबलटेनिस दिवसमा जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्छौ’ उनले भने–‘भेट्रान्स टेबलटेनिस पनि योजनामा छौं । प्रदेशले दिने बजेटले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्ने तयारी समेत छ ।’


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…