
पोखरा-पोखराका स्पन्दन उदास साउथ एसिया रिजनल टेनिसको लागि छनोट भएका छन् । बैशाख ७ गते सम्पन्न भएको नेपाल टेनिस एसोसिएसनले आयोजना गरेको यु–१२ ब्वाइज टेनिसबाट उनी उत्कृष्टताको आधारमा छनौटमा परेका हुन् ।
उनले अब आगामी जेष्ठ २ देखि ६ गते सम्म बंगलादेशको ढाकामा आयोजना हुने आइटिएफ साउथ एसिया टिममा प्रतिस्पर्धा गर्न नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् ।
उनीसँगै सो प्रतियोगितामा भाग लिन काठमाडौंका असम सम्राट हाडा र युभेनमान श्रेष्ठ पनि ढाका जाँदै छन् । पोखराको गण्डकी बोर्डिङमा कक्षा ७ मा अध्ययनरत उनी पोखरा महानगरपालिका वडा ३ का स्थानीय हुन् । सानै उमेर देखिनै टेनिस खैल्दै आइरहेका उनले राष्ट्रिय स्तरका प्रतियोगितामा समेत सफलता प्राप्त गर्दै आइरहेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…