
पोखरा-स्ट्रोङगेष्ट मुवाथाईका अनिष बुढामगरलाई पराजित गर्दै नेपाल मुआथाईका दिपेश गुरुङ ५० केजी तौल समूहको प्रतिस्पर्धामा च्याम्पियन बने । पोखरामा मंगलबार आयोजित गण्डकी प्रदेशस्तरीय मुआथाई प्रतियोगितामा दिपेशले अनिषलाई अंकको आधारमा पराजित गर्दै च्याम्पियन बने । उनीहरुको फाईटलाई स्पेशल फाईट(मुख्य प्रतिस्पर्धा अथाव मेन इभेण्ट)को रुपमा घोषित गरिएको थियो । अनिष नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फुल कन्टयक्ट कराँतेका स्वर्ण पदक विजेता खेलाडी समेत हुन् । पछिल्लो समय उनी स्ट्रोङगेष्ट मुवाथाईमा आवद्ध हुदै आएका थिए ।
प्रतियोगितामा ७० केजी भन्दा माथीको प्रतिस्पर्धामा पुरुषतर्फ सागर परियारले स्वर्ण पदक जिते । उनले सुदर्शन गुरुङलाई पराजित गरेका थिए । ५८ केजी तौलमा रोनिश दर्लामीले आयुष गुरुङलाई फाइनलमा पराजित गरे । ५९ केजी तौलमा तेन्जी रब्सनगुरुङले डेनियल गुरुङलाई पराजित गरे । महिलाको एक मात्र ५४ केजी तौल समुहको प्रतिस्पर्धामा सुस्मा चौधरीले कविता बुढामगरलाई हराइन् ।
प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा राष्ट्रिय मुआथाई संघ नेपालको सहयोगतमा आयोजित प्रतियोगितामा बिजेता खेलाडीहरुले नगद १० हजार र उपविजेता खेलाडीहरुले नगद ५ हजार रुपैयाँका साथमा पदक तथा प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा पाँचवटा तौल समूहमाा २० जना खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । विजेतालाई गण्डकी प्रदेशका पूर्व खेलकुद मन्त्री राजीव गुरुङ, प्रदेश खेलकद परिषदका सदस्य सचिव श्रीधर शर्मा, प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष ध्वजकुमार गुरुङ लगायतले पुरस्कार प्रदान गरेका थिए । दुईदिनेका मुआथाई रेफ्री तालिमपछि प्रतियोगिता आयोजना गरिएको थियो ।.
पोखरामा २०६२ सालदेखि मुआथाई खेलको शुरुवात भएको हो । २०६२ सालमा दिपकबहादुर गोदारले थाईल्याण्डमा प्रशिक्षण गरेर फर्किएपछि पोखरामा मुआथाई खेलको शुरुवात भएको हो । यद्यपी २०६६ सालमा अन्तराष्ट्रिय मुआथाई महासंघ (ईएफएमए, इन्टरनेशनल फेडेरेसन अफ मुआथाई एशोसियसन)बाट अन्तराष्ट्रिय सम्बन्धन प्राप्त गरी राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएपछि मुआथाईको विस्तार भएको हो ।
छ वर्ष अघि पोखरा कुमार थापाले कोरियाको राजधानी सिओलमा आयोजित यु–१६ मुआथाई च्याम्पियनसिपमा रजत पदक जितेर फर्किएका थिए । उनीसँगै गण्डकी प्रदेशबाटै निष्मा बस्याल र प्राप्ती बतासले समेत मुआथाईको अन्तरराष्ट्रिय एरिनामा पदक जितेर ल्याईएका छन् । मुआथाईको गण्डकी प्रदेशकी प्रशिक्षक ज्योति मल्लले प्रशिक्षण दिदैं आएकी छन् । प्रशिक्षक मल्लसँगै संघका अध्यक्ष दिपकबहादुर गोदार, प्रशिक्षक विजय गुरुङ लगायतले प्रशिक्षक दिदैं आएका छन् ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…