
पोखरा-पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित नोभेम्बर मन्थ्ली मेडलको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । उनले पार ६९ को कोर्षमा लेभल पार खेल्दै उपाधि जितेका हुन् ।
स्टेबल फोर्ड फूल ह्याण्डीक्यापमा शनिबार खेलाइएको प्रतिस्पर्धामा ईन्जिनियर गुरुङले ३६ अंकसहित मन्थ्ली मेडल जितेका हुन् । १८ होलको कोर्षमा क्याप्टेन हरि राई दोस्रो बने । उनले ३५ स्कोर गरेका थिए । तेस्रो स्थानमा भने बलराम थापा आए । उनले कोर्षमा ३४ स्कोर गरेका थिए ।

प्रतिस्पर्धामा २२ जना गल्फरले सहभागिता जनाएका थिए । लङ्गेष्ट ड्राइभको पुरस्कार भने जीवाराम गुरुङले पाए । हिमालयन गल्फ क्लबले प्रत्येक महिना मन्थ्ली मेडल आयोजना गर्दै आएको छ । विजेतालाई ओलम्पियन नारायण गुरुङले ट्रफी प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…