
पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी आइटीएफ जे–३० टेनिस प्रतियोगिता अन्तर्गत मंगलबार पुरुष तथा महिलातर्फ भारतीय खेलाडीहरुको दवदवा देखिएको छ । मंगलबार पुरुष एकलतर्फ भारतका रणविर सिंहले जापानका को फुजिकावा माथि संघर्षपूर्ण जित निकाले । सिंहले ७–६, र ६–३ को सेटमा खेल आफ्नों पक्षमा पारेका थिए ।
त्यस्तै, नेपालका सक्षमविक्रम शाहले भारतका अमित मुंडलाई ६–३, ६–४ ले, भारतका कबिर चोथानीले नेपालका सृजन भट्टराईलाई तथा जापानका युया सासाातोले भारतका ड्रिक शाहलाई पराजित गरे ।
मंगलबार भएको महिला एकलतर्फ भारतकी साहना कमला कन्ननले भारतकै देवान्सी गोहिललाई, भारतकी इशी महेश्वरीले भारतकै श्रीया सर्मालाई, भारतकी मन्दगल्ला प्रिन्सीले थाइल्याण्डकी फिचयापक श्रीमुकलाईलाई भारतकी एन्जल पटेलले भारतकै सगुन कुमारी सगुनलाई, अमेरिकाकी प्रियंका रानाले भारतकी सिम्रन बुण्डेलालाई, हङकङकी जेन लिङ चुन वाङले भारतकी राधा सध्रालाई तथा भारतकै आर्जन खोराकीवालाले भारतकै अनिशाा शिवकुमारीलाई पराजित गरिन् ।
ब्वाइज डवल्सतर्फ नेपालका आर्यन गिरी र निहाल जंगबहादुर थापाको जोडी भारतका अखिल अयाज र दिगांत एम जोडीसंग ७–६ र ६–२ ले पराजित भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…