
पोखरा- हिमालयन गल्फ क्लबले मासिक रुपमा आयोजना गर्ने मन्थ्ली मेडल गल्फ प्रतिस्पर्धामा नोभेम्बरको गल्फ मेडल गल्फर बलराम थापाले जितेका छन् । स्ट्रोक प्ले खेलाईएको खेलमा थापाले ७० स्कोरसहित उपाधि जिते ।
त्यसैगरी मेजर लक्ष्मीप्रसाद गुरुङ एक स्ट्रोकले पछि पर्दै उपविजेतामा चित्त बुझाए । मन्थ्ली मेडलमा २३ जना गल्फरको सहभागिता रहेको थियो । कास्की जिल्ला गल्फ संघका पूर्व सचिव ई.गोविन्द गौचनले पुरस्कार प्रदान गरेका थिए । सोही अवसरमा गत महिनाका विजेता जीवाराम गुरुङलाई समेत पुरस्कार प्रदान गरिएको थियो ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…