
पोखरा-विभिन्न उमेर समूहको प्रिक्वार्टर फाईनलको समीकरण पुरा हुँदा ४५ वर्षमाथिको डबलमा गोपीबहादुर भट्टराई र धर्मबहादुर लामिछानेको क्र्वाटर फाईनल प्रवेश गरेको छ । जोडीले टी.तुलेश्वर र के.जयन्तको जोडीलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै क्र्वाटरफाईनल तय गरेका हुन् ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी २१ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा शनिबार पुुरुष एकल नेहाल जङ्गबहादुर थापाले ओजेन महर्जनलाई ६–०,६–० को सेटमा पन्छाएका थिए । राजबीर प्रधानले शक्ति शर्मालाई ६–०,६–० सेटमा पराजित गर्दा सक्षमबिक्रम शाहले उगेन शेर्पालाई ६–३, ६–१ ले तथा आयुषमान हजुर घलेले शाश्वत बज्राचार्यलाई ६–१, ६–१ ले पराजित गर्दै क्वाटर फाइनलमा स्थान बनाएका हुन् ।
महिला सिंगलतर्फ स्वस्तिका बिष्टले जेनी खड्कालाई ६–१,६–३ ले, सुनिरा थापाले प्राज्ना मानन्दलाई ६–२ ,६–१ प्रकृती श्रेष्ठले भगवती बिकलाई ६–३, ६–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् । सलोनी तामाङ यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेकी थिइन् ।
३५ वर्षमाथिको मेन्स सिङ्गलमा सिमान्त गुरुङले सञ्जय श्रेष्ठलाई ६–२, ६–२ ले सन्तोष खत्रीले विकास गुरुङलाई ६–३, ६–१ ले, गगन महर्जनले प्रकाश गुरुङलाई ६–२, ६–३ ले तथा भिष्मजंग गुरुङले सन्दुक के. लामालाई ६–०,६–० पराजित गर्दै क्वाटरफाइनलमा पुगेका छन् ।
४५ वर्षमाथिको सिङ्गलमा छेवाङ लामाले नारायण पहारीलाई, विकास गुरुङले बलराम सापकोटालाई, सुनिल श्रेष्ठले जुजुमान किमलाई तथा सन्दुक के. लामाले भीष्मराज पौडेललाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित पारे । ५५ वर्ष माथिको सिङ्गलमा विदुर बिष्टले पदम गुरुङलाई, रविन्द्रदास श्रेष्ठले, विष्णु गुरुङलाई पराजित गर्दै अन्तिमा चारमा पुग्न सफल भए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…