
पोखरा -पोखरामा सम्पन्न २१ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत सम्पन्न प्रतियोगितामा आरभसम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा हाडाले प्रणव मानन्धरलाई पराजित गर्दै च्याम्पियन बन्दा सुनिरा थापाले सलोनी तामाङलाई हराउँदै उपाधि आफनो नाममा लेखाईन् ।
फाइनलमा आरभले प्रणवलाई ६–१, ६–१ को सेटमा पराजित गरे । सुनिराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते । च्याम्पियन दुबैले समान नगद रु ८०–८० हजार प्राप्त गर्दा उपविजेताले जनही नगद रु ४०–४० हजारका साथमा ट्रफी प्राप्त गरेका छन् ।
३५ वर्ष माथीको सिंगल्समा पूर्व नं १ जितेन्द्र परियारले प्रतिद्वन्दी सन्तोष खत्रीलाई ६–१, ६–२ को सोझो सेटमा पराजित गर्दै च्याम्पियन भएका छन् । जितेन्द्रले ट्रफीका साथ रु ६० हजार र उपविजेता सन्तोषले नगद रु ३० हजारका साथमा ट्रफी हात पारे ।
४५ वर्ष माथीको सिंगल्स फाइनलमा कमल भण्डारी बिजेता बनेका छन् । उनले रोहित सुनुवारलाई ६–०, ६–२ ले पराजित गरे । बिजेताले नगद ४० हजार तथा उपबिजेता रोहितले २० हजारसहित ट्रफि प्राप्त गरे भने ५५ वर्ष माथी फाइनल स्पर्धामा चन्द्र शाही बिजयी भए । उनले जिवन घिमिरेलाई ६–२, ६–२ को सोझो सेटमा पराजित गरे । चन्द्रले नगद ३० हजार उपबिजेता जिवनले १५ हजार नगदसहित ट्रफि प्राप्त गरे ।
बिजेता खेलाडीहरुलाई माछापुच्छ«े बैंकका संस्थापक तथा केसी ग्रुपका निर्देशक किरण केसी लागयतले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…