
पोखरा-गण्डकी प्रदेश फेन्सिङ संघ र कास्की जिल्ला फेन्सिङ संघको आयोजनामा पोखरामा पहिलो पटक लेभल वानको दुई दिने तालिम गरिएको छ । तालिममा नवलपुर, गोरखा, स्याङ्जा र कास्की जिल्लाका १६ जना खेलाडीहरुको सहभागिता रहेको थियो । तामिलका सहभागीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले प्रमाण पत्र बितरण गरेका थिए ।
उपाध्यक्ष गुरुङले श्रोत साधनको कमिका बाबजुत पनि यस फेन्सिङ संघले खेलाडी उत्पादन तथा प्रशिक्षणमा जोड दिईरहेको बताए । उनले प्रदेश खेलकुद परिषदको साथ सँधै रहने भएकोले दशौं राष्ट्रिय खेलकुदको लागि बिशेष तयारी गर्न सुझाब दिए । बाहिर जिल्लाबाट सहभागी हुन आएका सम्पुर्ण खेलाडीहरुलाई खान र बासको ब्यबस्था समेत गरिएको उक्त तालिममा प्रशिक्षक संदिप बराल र बिनोद नेपालीले प्रशिक्षण दिएका थिए ।
नेपाल फेन्सिङ संघ, गण्डकी प्रदेश खेलकुद परिषद, कास्की जिल्ला खेलकुद बिकास समितिको सहयोग र सिनियर खेलाडीहरुको मेहनतले उक्त तालिम सम्पन्न गर्न गरिएको संघले जनाएको छ । नेपाल फेन्सिङ संघका महासचिब सुजन लाल श्रेष्ठ ज्यु र कोषाध्यक्ष अनुप कपाली ज्यु का साथै जिल्ला खेलकुद बिकाश समितिका कार्यालय प्रमुख सुनबहादुर लामा लगायत सम्पुर्णमा संघले आभार व्यक्त गरेको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…