
पोखरा-जिल्ला एथलेटिक्स संघ कास्कीको आयोजनामा पोखरा रंगशालमा आजदेखि शुरु भएको पोखरा ओपन एथलेटिक्स मिटको पहिलो दिनमा कास्कीले स्वर्ण पदक जितेको छ । महिला तर्फको १५ सय मिटर दौडमा कास्की नारायणी भण्डारीले चार मिनेट ५४.२ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण दिलाईन् ।
नेपाल पुलिस क्लबकी धाविका सुमित्राकुमारी चौधरी दोस्रो बनिन् । उनले रजत पदक जित्ने क्रममा ४ मिनेट ५८.८ सेकेण्डको समय लगाईन् । सशस्त्र प्रहरी बलकी आशा रावत भने तेस्रो स्थानमा रहिन् । उनले ५ मिनेट ०३.८ सेकेण्डमा दौड पुरा गरिन् ।
पुरुष तर्फको सोही इभेण्टमा आर्मीले क्लिनस्वीप गरेको छ । तीनै पदक आर्मीका धावकको नाममा लेखियो । नेपाल आर्मीका धावक मुकेशबहादुर पालले ३.५१.६ मा को समय पार गर्दै स्वर्ण पदक जिते । आर्मीकै धावक सुनिल सुनारले ३ मिनेट ५५.५सेकेण्डको समय लगाउँदै रजत पदक जित्दा आर्मीकै धावक अकलबहादुर पालले ३ मिनेट ५६.५ सेकेण्डको समय लगाउँदै कास्य पदकमा खुम्चिए ।

फिल्ड तर्फको पुरुष सटपुट इभेण्टमा नेपाल आर्मीका तिलकबहादुर विकले १२.७७ मिटर फाल्दै स्वर्ण पदक जिते । आर्मीकै राईबहादुर शाहीले १२.०७ मिटर टाढा फाल्दै रजत पदक जिते भने स्याङ दुजिक थापा मगरले कास्य पदक जित्ने क्रममा ११.६४ मिटर फाले । महिला तर्फको सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले ११.९६ मिटर फाल्दै स्वर्ण आफनो नाममा लेखाईन् । नेपाल आर्मीको सीता शाहीले १०.५९ मिटर फाल्दै रजत र नेपाल पुलिसकी बसन्ती चौधरीले १०.३० मिटर फालेर कास्य पदक जित्न सफल भईन् ।
१ सय मिटर पुरुष दौडको स्वर्ण भने सशस्त्र प्रहरी बलका शिवराज पार्कीले जिते । उनले १०.५६ सेकेण्डकोृ समयमा पार गर्दै स्वर्ण जित्न सफल भए । मधेश प्रदेशका आदेशकुमार यादवले भने रजत पदक जित्ने क्रममा १०.७७ सेकेण्डको समय लगाए । आर्मीका सलिम देवानले ११ं.१० सेकेण्डमा पुरा गर्दै कास्य पदक जित्न सफल रहे ।
यसैगरी विद्यालयस्तरीय १ सय मिटर दौड छात्रा तर्फ कास्कीकी अनुषा अधिकारीले स्वर्ण, एन्जेल अधिकारीले रजत र आराध्या चालिसेले कास्य पदक जितिन् । तनहुँकी पार्वती श्रेष्ठले भने चौथो स्थानमा चित्त बुझाईन् । प्रतियोगिताको उदघाटन गर्दै सामाजिक विकास तथा युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले नियमित रुपमा आयोजना हुने प्रतियोगिताले पोखरालाई स्पोर्टस हब बनाउने सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा नेपाल आर्मीबाट २७, सशस्त्र प्रहरीबलबाट २३ र नेपाल पुलिसबाट १२ जनासहित सातै प्रदेशबाट गरी झण्डै ३ सय एथलिटहरुको सहभागिता रहेको छ । सहभागि एथलिटले विभिन्न १२ वटा इभेण्टमा प्रतिस्पर्धा गर्ने छन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा शुक्रबारदेखि पोखरामा छैटौँ संस्करणको ब्रेकिङ बाउन्ड्रीज छात्र÷छात्रा अन्तर विद्यालय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । किडासा फाउण्डेशन र एमसिसीको सहयोग, कास्की जिल्ला क्रिकेट संघ र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा शुरु प्रतियोगिता…