
पोखरा-मंगलबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा अण्डर १६ प्रदेशस्तरीय पुरुष क्रिकेट प्रतियोगिता शुरु हुदैै छ । कास्कीले बाग्लुङसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको उदघाटन हुने छ ।
प्रदेशस्तरीय अण्डर १६ पुरुष क्रिकेट प्रतियोगिताको लागि अनिष राउतको कप्तानीमा ४ बैकल्पिकसहित १८ खेलाडी छनोट गरिएको छ । खेलाडीहरुमा सुरज अधिकारी, सोनु यादव, रोशन बास्तोला, मोहम्मद शाहाबुद्धिन, विमोचन सापकोटा, स्मिथ कँडेल, रिदम पाण्डे, सौरभ सिद्धिकी, अनिकेत गजुरेल, सत्कार चालिसे, रोशन नेपाली, शुभम गिरी र राज परियार रहेका छन् । त्यसैगरी चार बैकल्पिक खेलाडीमा सम्राट अधिकारी, संशाक तिवारी, आकाश बोगटी र दिक्षान्त अर्याल रहेका छन् । प्रशिक्षकमा दिपेश खत्री, छनोटको संयोजकमा कलम थापा र सदस्य दिलिप अग्रहरी रहेका छन् ।
छनोट समितिले दुई दिन खुला सत्र र दुई दिन बन्द सत्रबाट कास्कीको टोली छनोट गरेको हो । विद्यालयस्तरीय प्रतियोगितापछि कास्की जिल्ला क्रिकेट संघले ८४ जना छनोट क्याम्पमा सहभागिता जनाएका उल्लेख गरेको छ । पहिलो चरणबाट ५० जना छनोट गरिएको थियो । त्यसपछि खुला र विद्यालयस्तरीय प्रतियोगिताबाट छनोट भएका गरी दोस्रो चरणमा ३३ जना छनोट गरिएको थियो । त्यसपछि २८ जना छनोट गरी दुईदिन बन्द प्रशिक्षण गराइएको थियो । बन्द प्रशिक्षणबाट १४ जना र ४ बैकल्पिक खेलाडीलाई छनोट गरी कास्की जिल्लाको टोली तयार गरिएको संघले जनाएको छ ।
प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा मंगलबारदेखि प्रदेशस्तरीय छनोट प्रतियोगिता शुरु हुने छ । बुधबार बाग्लुङले तनहुँसँग र तनहुँले बिहीबार कास्कीसँग प्रतिस्पर्धा गर्ने छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…