जुलाई मन्थ्ली मेडल गल्फ लिलाजंगलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण ११ गते २०८२ मा प्रकाशित


पोखरा-जुलाईको गल्फ मन्थ्ली मेडलको उपाधि एएसपी लिलाजंग गुरुङले जितेका छन् । पार ६९ को पोखरा मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा उनी च्याम्पियन बने ।

स्ट्रोक प्ले फुल ह्याण्डी क्यापमा भएको प्रतिस्पर्धामा उपविजेता क्याप्टेन हरि राई भए । त्यस्तै ग्रस तर्फको उपाधि भने क्याप्टेन गणेशकुमार गुरुङले जितेका छन् । उनीहरुलाई प्रमुख अतिथि क्रिष्टिना बानियाले पुरस्कार प्रदान गरेकी हुन् ।