
पोखरा-होल ईन वान गल्फमा दुलर्भ मानिन्छ । त्यसैले त होल ईन वान गर्ने गल्फरले पाउने पुरस्कार पनि दुर्लभै राखिन्छ ।
यही भदौ २८ र २९ गते मुस्ताङको लोमान्थाङस्थित लोवाथाङमा चौथो सँस्करण गल्फ प्रतियोगिता हुदैै छ । टप अफ दि वल्र्ड क्लासिक नाम दिइएको गल्फ प्रतिस्पर्धामा नेपाली र विदेशी गल्फरले १८ होलमा प्रतिस्पर्धा गर्ने छ । प्रतिस्पर्धामा होल ईन वान हिर्काउने गल्फरले पुरस्कार स्वरुप पाउने छन् घोडा । जुन अनौठो पुरस्कार हो ।
फ्रन्ट नाईन र व्याक नाईन गरी पार ७२ को मुस्ताङ गल्फ कोर्षमा दुईदिने प्रतिस्पर्धामा गल्फरले उपाधिमात्रै नभई होल ईन वानको प्रयास गर्ने छन् । पार थ्रीको १५० यार्डको दुरीको होल नम्बर तीनमा होल ईन वान राखिएको छ । ४६४५ मिटरको उचाईमा अवस्थित गल्फ कोर्षमा होल ईन वान गर्ने गल्फरले घोडा पुरस्कार स्वरुप पाउने छ । गल्फरले घोडा नै पुरस्कार स्वरुप पाउने छ बताउँदै मुस्ताङ गल्फ कोर्षका प्रबन्ध निर्देशक इन्द्रधारा विष्टले घोडा नलगे सट्टामा नगद पुरस्कार प्राप्त गर्ने बताउनुभयो ।
‘होल ईन वान गर्ने गल्फरले घोडा पुरस्कार प्रदान गरिने छ ।’ उहाँले पोखरामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो–‘त्यसको सट्टा नगदको व्यवस्था गरिएको छ ।’ ६० जना भन्दा बढी गल्फरले प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको छ । एमेच्योर र प्रोफेसल(व्यवसायिक) दुवैको प्रतिस्पर्धा हुने छ । एमेच्योरले उपाधि प्राप्त गर्दा प्रोफेसनल गल्फरले भने नगद पुरस्कार थाप्ने उहाँले बताउनुभयो । उहाँका अनुसार चार जना प्रोफेसनल गल्फरले सहभागिता जनाउँदा विजेताले ३० हजार, उपविजेताले २० र तेस्रो स्थानमा रहने गल्फरले भने नगद १० हजार राशी प्राप्त गर्ने छन् ।
खेलको ढाँचा स्टेबल फोर्डमा हुने छ । दुईदिने प्रतिस्पर्धामा विजेता, उपविजेता, बेष्ट ग्रस, महिला विजेता, सिनियर विजेता, क्लोजेष्ट टु दि पिन, सर्वाधिक बर्डिज र लामो दुरी हिर्काउने गल्फरलाई पुरस्कारको व्यवस्था गरिएको छ । चौथो संस्करणमा आईपुग्दा १८ होलमा प्रतिस्पर्धा गरिने छ । यो वर्ष गल्फको मुख्य ध्येय जलवायु परिवर्तनले पुर्याउएको असर बारे हो । जसको नारा टी फर क्लाईमेट दिइएको छ ।
मुस्ताङ गल्फ कोर्षको उद्देश्य र लक्ष्य गल्फ कोर्षलाई विश्वकै उच्च उचाईको गल्फ कोर्षको रुपमा गिनिज बुकमा कीर्तिमान राख्ने छ । लोमान्थाङको लोवाथाङस्थित गल्फ कोर्ष विश्वकै उत्कृष्ठ छ । प्रबन्ध निर्देशक विष्टकै अभियान र प्रयासमा चौथो संस्करणको गल्फ प्रतियोगिताको अन्तिम संघारमा छ । विश्वकै उच्च उचाई पुगेर गल्फ खेल्ने गल्फरको सपना हुन्छ । त्यो सपनालाई मुस्ताङ गल्फ कोर्षले पुरा गर्ने उहाँको भनाई थियो ।
गल्फ खेल मार्फत साहसिक पर्यटन(४६४५ मिटर उचाई) प्रवद्र्धन गर्ने उद्देश्यले प्रेरित गल्फ प्रतियोगितालाई लोमान्थाङ गाँउपालिका र गण्डकी प्रदेश सरकार प्रवद्र्धकको रुपमा रहेको छ । प्रभु बैंक, सिटी एक्सप्रेस, बाह्रसिंगे वियर, जर्मन बेकरी, सोल्टी पानी लगायतले प्रायोजन गरेका छन् ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…