
file pic
कास्की-हिमालीपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकामा शनिबार पहिलो पटक एकैदिन गल्फरले १८ होलको प्रतिस्पर्धा गरे । ४६ सय ४५ मिटरको उचाईस्थित लोवाथाङको मुस्ताङ गल्फ कोर्षमा गल्फरले १८ होल पुरा गर्न ६ घण्टा बढी समय लगाए । साहसिक गल्फ प्रतियोगिताको उपाधि पोखरेली गल्फर भक्तराज गुरुङले जितेका छन् । उनले काउण्ट व्याकमा ३५ स्कोरसहित उपाधि जित्न सफल भएका हुन् ।
त्यसैगरी देव पुन उपविजेतामा चित्त बुझाए । ३५ स्कोरसहित टाई हुदाँ उनी काउण्ट व्याकमा पछि पर्दै उपविजेतामा चिक्त बुझाउन बाध्य भए । ग्रस तर्फ काठमाडौंका श्याम तामाङ(२४ स्कोर)ले जिते । महिला तर्फको उपाधि जान्भी गुरुङको पोल्टामा पर्यो । गीता गरुङ उपविजेता बनिन् । सिनियर तर्फ नारायण गुरुङ, क्लोजेष्ट टु दि पीनको पुुरस्कार श्याम तामाङ, लङगेष्ट ड्राइभको पुरस्कार भक्तराज गुरुङ, सर्वाधिक बर्डिज सन्जीव तिवारी(२ बर्डी) र व्यवसायिक तर्फको पुरस्कार सुर्यप्रसाद शर्माले जितेका छन् ।
विश्वकै उच्च उचाईको गल्फ कोर्षको रुपमा गिनिज बुकमा कीर्तिमान लेखाउने ध्येय कोर्षको छ । त्यसैले शनिबार चौथो संस्करणको प्रतियोगितालाई विट मार्यो । पहिलो पटक उच्च उचाईको कोर्षमा १८ होल खेलियो । प्रतिस्पर्धामा २२ गल्फर थिए । २ महिला, चारजना व्यवसायिक र १६ एमेच्योर गल्फरले प्रतिस्पर्धाृ गरेका हुन् । पोखरा, काठमाडौं, धरान तथा एनआरएनए गल्फरहरुको सहभागिता रहेको थियो ।
सबैको ध्यान पार थ्रीको (१५० यार्डको दुरीको) होल नम्बर तीनमा होल ईन वान राखिएको थियो । पुरस्कार पनि घोडा थियो । तर होल ईन वानको पुरस्कारको हकदार कुनैपनि गल्फर भएनन् । प्रतिस्पर्धामा विजेता, उपविजेता, बेष्ट ग्रस, महिला विजेता, सिनियर विजेता, क्लोजेष्ट टु दि पिन, सर्वाधिक बर्डिज र लामो दुरी हिर्काएका गल्फरले पुरस्कार थापे । यो वर्ष गल्फको मुख्य ध्येय जलवायु परिवर्तनले पुर्याउएको असरबारे टी फर क्लाईमेट नारा दिइएको थियो ।
साहसिक पर्यटन(४६४५ मिटर उचाई) प्रवद्र्धन गर्ने उद्देश्यले प्रेरित गल्फ प्रतियोगितालाई लोमान्थाङ गाँउपालिका र गण्डकी प्रदेश सरकार प्रवद्र्धकको रुपमा रहेको छ । प्रभु बैंक, सिटी एक्सप्रेस, बाह्रसिंगे वियर, जर्मन बेकरी, सोल्टी पानी लगायतले प्रायोजन गरेका छन् ।


पोखरा-उमेर ढल्कियो । कपाल फुल्यो । गोडा त्यति चल्दैन् । तर उत्साह भने उस्तै रह्यो । मनले खेल्यो । तनले आराम खोज्यो । उमेरमा हानेको फुटबलको झल्को उमेर ढल्किएपछि फेरी हान्दा उत्साह उमंग र जोश मात्रै होईन आत्मिता…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…