माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फको उपाधि जीवरामलाई

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र ३१ गते २०८२ मा प्रकाशित


पोखरा-पोखराको हिमालयन गल्फ कोर्षमा मंगलबार आयोजित माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिताको उपाधि ग्रस तर्फ इन्स्पेक्टर जीवराम गुरुङले जित्नुभएको छ । पार ७० को कोर्षमा स्टेबल फोर्ड ३÷४ ह्याण्डीक्यापमा खेलिएको प्रतिस्पर्धामा जीवारामले २६ स्कोरसहित उपाधि जित्न सफल भएका हुन् । इन्जिनियर सन्तोष गुरुङ २४ स्कोरसहित उपविजेतामा चिक्त बुझाउनुभयो । १८ होलको मात्रै प्रतिस्पर्धा गराइएको थियो ।

नेट तर्फको इभेण्टमा एएसपी भक्तराज गुरुङले जित्न सफल भएका हुन् । गुरुङ आफनो ह्याण्डीक्यापमा ३५ स्कोरसहित उपाधि उचाल्दा एएसपी लिलाजंग गुरुङ भने ३३ स्कोरसहित उपविजेतामा सीमित हुनुभयो ।

१६ क्याण्डीक्याप भन्दा माथिको ह्याण्डीक्याप प्रतिस्पर्धामा सुवास घलेले उपाधि जित्दा विश्व गुरुङ दोस्रोस्थानमा सीमित हुनुभएको छ । सिनियर तर्फको पुरस्कार मेजर विजय मोक्तानले प्राप्त गर्नुभयो । महिला तर्फ जान्वी गुरुङले उपाधि उचाल्नुभयो ।उपविजेता बालकासी गुरुङ बन्न सफल हुनुभयो । लङगेष्ट ड्राईभको पुरस्कारको हकदार श्याम तामाङ हुदाँ क्लोजेष्ट टु दि पीनको पुरस्करा भने किरण पुनको हातमा पर्यो ।

एनआरएनए अमेरिकाको मुुख्य प्रायोजन, कास्की जिल्ला गल्फ संघको प्राविधिक सहयोगमा हिमालयन गल्फ कोर्षले आयोजना गरेको प्रतियोगिताको विजेतालाई गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष ईन्द्रधारा विष्ट, ओलम्पियन नारायण गुरुङ तथा एनआरएनए अमेरिकाबाट आउनुभएका मुख्य प्रायोजक एनआरएनए स्पोर्टसका संयोजक एवं टि एण्ड एस कर्पोरेशनका अध्यक्ष शिवकुमार गुरुङ लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो ।

मुख्य प्रायोजक टिएण्डएस कर्पोरेशनका अध्यक्ष गुरुङ एनआरएनएको टिमलाई हिमालयन गल्फ कोर्षका व्यवस्थापक भूबहादुर(भुवन)गुरुङले मायाको चिनो प्रदान गर्नुभएको थियो । एनआरएनए पोखराको गल्फको विकास र विस्तारको लागि सहकार्य गर्ने उद्देश्यसहित गल्फ खेल्न पोखरा आईपुगेको हो । टोलीले केहीदिन अघिमात्रै ४७ सय मिटरको उचाईमा रहेको मुस्ताङ गल्फ कोर्षमा आयोजित प्रतियोगितामा समेत सहभागिता जनाएको थियो ।