
पोखरा-अक्टोबर मन्थ्ली मेडल गल्फको उपाधि दिप्सन लामाले जितेका छ । हिमालयन गल्फ कोर्ष पोखरा १४ मझेरीपाटनमा भएको प्रतिस्पर्धामा लामाले स्ट्रोक प्ले फुल ह्याण्डीक्यापमा ७० स्कोर गर्दै उपाधि जितेका हुन् । पार ७० को कोर्षमा लामाले लेभलपार खेल्दै उपाधि आफनो बनाएका हुन् ।

प्रतिस्पर्धामा एक स्ट्रोकले पछि पर्दै एएसपी भत्तराज गुरुङ भने उपविजेता छन । उनले ७१ स्कोर गर्दै उपविजेतामा चित्त बुझाए । क्याप्टेन हरि राई भने तेस्रो बने । उनले ७८ स्कोर गरे । विजेता गल्फरलाई क्रिष्टिना बानियाले पुरस्कार प्रदान गरिन ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…