
पोखरा-सहारा क्लब पोखराले पोखरा स्पोर्टस अवार्डलाई प्रदान गर्दै आएको सहयोगलाई १० औं संस्करणमा समेत निरन्तरता दिने भएको छ । पोखरा स्पोर्टस अवार्डको उदीयमान खेलाडी विद्याको अवार्डको पुरस्कार राशीमा गर्दै आएको सहयोगलाई निरन्तरता दिने भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजना र रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा आगामी बैशाख १८ गते पोखराको ईभेन्ट सेन्टरमा १० औं संस्करणको पोखरा स्पोर्टस अवार्ड हुदै छ ।
शुक्रबार सहारा क्लबका अध्यक्ष केशब बहादुर थापा र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा वोल्दै सहारा क्लबका अध्यक्ष केशब बहादुर थापाले पोखरा स्पोर्टस अवार्डमा प्रदान गर्दै आइरहेको उदीयमान खेलाडी विद्यालाई प्रदान गरिने पुरस्कार १० औं संस्करणमा समेत निरन्तरता दिने बताए ।
नेपाल खेलकुद पत्रकार मञ्चले खेलाडीहरुको प्रोत्साहनका लागि आयोजना गर्न लागेको अवार्ड कार्यक्रममा सुरुवाती चरण देखिनै सहारा क्लबले सहकार्य गर्दै आइरहेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता ब्यक्त गरे । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्थाले सहारा क्लब आफैमा पोखरेली फुटवलको इतिहाँसको साछी भएकाले पोखरा स्पोर्टस अवार्ड संगा जोडिएर काम गर्न पाउँदा खुसी लागेको बताए ।


पोखरा-उमेर ढल्कियो । कपाल फुल्यो । गोडा त्यति चल्दैन् । तर उत्साह भने उस्तै रह्यो । मनले खेल्यो । तनले आराम खोज्यो । उमेरमा हानेको फुटबलको झल्को उमेर ढल्किएपछि फेरी हान्दा उत्साह उमंग र जोश मात्रै होईन आत्मिता…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…