दशौं राष्ट्रिय खेलकुद मंसिर १६देखि २९ गतेसम्म

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण २८ गते २०८३ मा प्रकाशित


पोखरा-चारवर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुने सम्भावना देखिएको छ । राष्ट्रिय खेलकुद परिषदले आगामी मंसिर १६ गतेदेखि गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । परिषदको १२५ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

२०७९ असोज २६गतेदेखि कार्तिक तीन गतेसम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । नवौं राष्ट्रिय खेलकुुद प्रतियोगिताको समापन समारोहमै दशौं राष्ट्रिय खेदकुद प्रतियोगिताको झण्डा कर्णाली प्रदेश पुर्याइएको थियो । कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर नगरपालिकाको सुर्खेत रंगशालामा आयोजना गर्ने निर्णय भएसँगै सुर्खेतमा प्रदेश खेलकुद परिषद कर्णालीले आवश्यक खेलका पूर्वाधार निर्माण गरिसकेको छ ।

पौडी पोखरी, बहुउद्देशीय कभर्ड हल, फुटबल मैदान, एथलेटिक्स ट्रयाक लगायतका पूर्वाधार तयारी अवस्थामा छन् । यद्यपी खेलहरु कर्णाली प्रदेशका अन्य जिल्लामा समेत खेलाईने सम्भावना छ । केही जिल्लामा आवश्यक पूर्वाधार समेत बनाइएको छ । यसभन्दा पहिला तीन पटक मिति तय गरिएपनि आयोजना हुन सकेको थिएन् ।

तस्बिर फाईलः सुर्खेत रंगशाला