
पोखरा-युवा गल्फर दिप्सन लामा अगष्ट महिनाको मन्थ्ली मेडल गल्फ च्याम्पियन बनेका छन् ।
शनिबार पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षको पार ६९ को कोर्षमा स्टेबल फोर्ड थ्री फोर ह्याण्डीक्याप खेलाईएको प्रतिस्पर्धामा लामाले २९ स्कोरसहित उपाधि उचाल्न सफल भए ।

२६ प्वाईन्ट जोडेका बद्री राई भने उपविजेता बने । उनी काउण्ट ब्याकमा उपविजेता बन्न सफल भएका हुन् ।
विजेता गल्फरलाई कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङ तथा गोर्खा हिल युकेका प्रोप्राईटर चन्द्र गुरुङले पुरस्कार प्रदान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…