
पोखरा-अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी(२० छनोट प्रतियोगिता आईतबार भएको खेलमा कास्कीले बागलुङलाई ८९ रनको फराकिलो जित निकालेको छ ।
खेलमा बागलुङकी कप्तान संरचना गिसी तामाङले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी थिइन्। पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको बलियो योगफल तयार पारेको थियो। कास्कीका लागि चन्द्रामाया बरालले ३४ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक ४१ रन बनाइन्। त्यसैगरी, कप्तान सिर्जना पौडेलले २९ बलमा २५ रन र रेखा तामाङले १३ रन जोडिन्। बागलुङका लागि बलिङतर्फ अनुजा सुनारले ३ विकेट, समरचना गिसी तामाङले २ विकेट र कुसुम राईले १ विकेट हात पारे।
१५० रनको विजयी लक्ष्य पछ्याउने क्रममा ब्याटिङमा उत्रिएको बागलु जिल्ला टिम कास्कीको कसिलो बलिङ आक्रमणसामू टिक्न सकेन र निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ६० रनमा सीमित हुन पुग्यो। बागलुङका लागि अनुजा सुनारले १० रन, सङ्गीता बिकले ५ रन र कुसुम राईले ४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बागलुङलाई सस्तैमा समेट्ने क्रममा कास्कीकी सिमाना रेग्मीले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा मात्र १० रन खर्चेर ४ महत्वपूर्ण विकेट लिइन्। यस्तै, सुशीला डिम्डुङ तामाङले पनि ४ ओभरमा ११ रन दिएर २ विकेट हात पारिन्। ब्याटिङतर्फ चन्द्रामाया बराल र बलिङतर्फ सिमाना रेग्मीको उत्कृष्ट प्रदर्शनको मद्दतले कास्कीले प्रतियोगितामा प्रभावशाली तथा सानदार जित निकालेको छ।
अर्को खेलमा रोमाञ्चक खेलमा नवलपुर जिल्ला महिला टिमले पर्वत जिल्ला महिला टिममाथि ३२ रनको जित दर्ता गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको नवलपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ७५ रनको सामान्य योगफल तयार पारेको थियो。 नवलपुरका लागि वर्षा बिकले ४१ बलमा ४ चौका प्रहार गर्दै सर्वाधिक २५ रन बनाइन् भने धनकुमारी क्षेत्रीले १२ रन जोडिन्。 पर्वतकी बलर दिपिका सापकोटाले घातक बलिङ गर्दै ४ ओभरमा मात्र ८ रन खर्चेर ४ महत्वपूर्ण विकेट हात पारिन् ।
७६ रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको पर्वत टिम नवलपुरका बलरहरूको कसिलो बलिङसामू टिक्न सकेन र १३।१ ओभरमा मात्र ४३ रनमा अलआउट हुन पुग्यो。 पर्वतका लागि दिपिका सापकोटा र सुशीला भट्टराईले समान १०–१० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
पर्वतलाई सस्तैमा समेट्ने क्रममा नवलपुरकी निहारिका शर्माले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिइन् भने शिक्षा गिरीले २ विकेट ९४ ओभरमा ९ रन० र कप्तान श्रेया शर्माले २ विकेट आयुष्मा चापागाइँले १ विकेट लिइन ।


पोखरा-अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी(२० छनोट प्रतियोगिता आईतबार भएको खेलमा कास्कीले बागलुङलाई ८९ रनको फराकिलो जित निकालेको छ । खेलमा बागलुङकी कप्तान संरचना गिसी तामाङले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी थिइन्। पहिले…