
file pic
नेपालगन्ज-दशौ राष्ट्रिय खेलकुद अन्तरगत नेपालगंज रंङ्गशालास्थित पौडी पोखरीमा आयोजना भएको २३ औ राष्ट्रि पौडी प्रतियोगिताको दोश्रो दिन पनि राष्ट्रिय किर्तिमानले निरन्तरता पाएको छ । दोश्रो दिन महिला ८०० मिटर फ्रिस्टायलमा एनआरएनकी खेलाडी लिली बोहराले पुन आफ्नो नाममा अर्को किर्तिमान लेखाउन सफल भएकी छिन् । उनले उक्त दुरी ९ मिनट ३४।०६ सेकेन्ड समयको किर्तिमान राख्दै स्वर्ण हात पारिन् । यस अघि यो किर्तिमान डुवाना लामाको नाममा रहेको थियो । लामाले २०२५ मा काठमाण्डौमा आयोजनामा भएको दोश्रो नेपाल एक्वाटिक्स च्याम्पियनसिपमा १० मिनट ६।९२ सेकेन्ड समयको किर्तिमान कायम गरेकी थिईन् । दोश्रो स्थानमा रहेकी नेपाल आर्मीकी खेलाडी डुवाना लामाले ९ मिनट ५९।५३ सेकेन्ड समयका साथ आफ्नो रेकर्डमा सुधार गरेता पनि उक्त किर्तिमान रेकर्डको रुपमा कायम गर्न असमर्थ भईन् । तेश्रो स्थानमा रहेकी नेपाल पुलिसकी दिवांसी जोशीले १० मिनट ५८।५८ सेकेन्ड समयका साथ कास्य पाईन् ।
यस्तै आजै भएको पुरुषको४०० मिटर ब्यक्तिगत मिड्लेमा सुदूरपश्चिमका अथर्व सिंहलले पनि आफ्नो नाममा रहेको पुरानो ४ मिनट ५८।३४ सेकेन्ड समयको किर्तिमानमा सुधार गर्दै ४ मिनट ५६।७६ सेकेन्डको नयाँ किर्तिमान कायम गर्दै स्वर्ण जिते । दोश्रो स्थानमा रहेका नेपाल पुलिसका मायोन श्रेष्ठले ५ मिनट ७.५७ सेकेन्ड समयका साथ रजत प्राप्त गरे । बागमतीका एरिक कर्माचार्यले ५ मिनट २६।९९ सय समयका साथ कास्य पाए ।
यस्तै राष्ट्रिय किर्तिमान कायम गर्ने क्रममा बागमती प्रदेशका अभिभ प्रधानले १०० मिटर ब्याक स्ट्रोकमा १ मिनिट १.५१ सेकेन्ड समयको किर्तिमान राख्दै स्वर्ण जिते । यस अघि यो किर्तिमान प्रारम्भ भण्डारीको नाममा रहेको थियो । भण्डारीले २०२५ मा काठमाण्डौमा भएको दोश्रो एक्वाटिक्स च्याम्पियनसिपमा १ मिनट ३।३९ सेकेन्ड समयको किर्तिमान राखेका थिए । बागमतीका रेवन्त बहादुर श्रेष्ठले रजत र आर्मीका जाडेन श्रेष्ठले कास्य पाए ।
आजै समपन्न पुरुष ४ गुणा २०० मिटर फ्रिस्टायल रिलेमा पनि नयाँ राष्ट्रिय किर्तिमान कायम भएको छ । उक्त किर्तिमान राख्ने क्रममा नेपाल पुलिस क्लबका इरभिन श्रेष्ठ, आरुष अवाले, मायोन श्रेष्ठ र कल्किन श्रेष्ठ रहेको टोलीले ८ मिनट ३२।१३ सेकेन्ड समयको राष्ट्रिय किर्तिमान राखे । यस अघि यो किर्तिमान मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङ्गले ९ मिनट १७।६८ सेकेन्डको किर्तिमान राखेका थिए । उक्त किर्तिमानलाइ दोश्रो स्थानमा रहेको एरिक कर्माचार्य, रेवन्त बहादुर श्रेष्ठ, बशिष्ठ राज शाही र अभिभ प्रधान सम्मिलित बागमती प्रदेशले पनि ब्रेक गरेको थियो । बागमतीले उक्त दुरी ८ मिनट ४३.४६ सेकेन्ड समयमा पुरा गरेको थियो । यस्तै उक्त पुरानो रेकर्डलाई तेश्रो स्थानमा रहेको आरभ अग्रवाल, अशिम भण्डारी, सौरेन बहादुर सिंह र अल्भिन महर्जन रहेको आर्मीको टिमले पनि८ मिनट ५७.६४ सेकेन्ड समयका साथ ब्रेक गरेका थिए ।
प्रतियोगिताको दोश्रो दिन ११ स्वर्ण पदकका लागि भएको स्पर्धामा महिला ५० मिटर बटरफ्लाईमा एनआरएनकी मिखा काया थापाले ३०.७८ सेकेन्ड समयका साथ स्वण जित्दा पुलिसकी देवांसी जोशीले रजत, बागमतीकी इरा अमात्य र आर्मीकी सिशम्बुन राईले संयुक्त कास्य पाए । सोही स्पर्धाको पुरुष तर्फ बागमतीका अभिभ प्रधानले २६.०७ सेकेन्ड समयका साथ स्वर्ण जिते । पुलिसका इरभिन श्रेष्ठले रजत, आर्मीका सौरेन बहादुर शाही र अशिम भण्डारीले संयुक्त कास्य पाए ।
महिलाको २०० मिटर फ्रिस्टायलमा एनआरएनकी लिली बोहराले २ मिनट १४.०४ सेकेन्ड समयका साथ स्वर्ण हात पारिन् । दोश्रो स्थामा आर्मीकी डुवाना लामा र तेश्रो स्थानमा एनआरएनकी मिखा काया थापा रहे । पुरुष तर्फ सो विधामा नेपाल पुलिसका इरभिन श्रेष्ठले १ मिनट ५९.४८ सेकेन्ड समयका साथ स्वर्ण जिते । पुलिसकै काल्किन श्रेष्ठले रजत र आर्मीका अल्भिन महर्जनले कास्य पाए ।
महिला १०० मिटर ब्याक स्ट्रोकमा बागमतीकी आर्या महर्जन ९सिनियर०ले स्वर्ण प्राप्त गर्ने क्रममा उक्त दुरी १ मिनट ११.९५ सेकेन्ड समय लगाईन् । एनआरएनकी मिखा काया थापाले रजत जित्दा बागमतीकी रोयल प्रजापतीले कास्य पाईन् । महिला ४ गुणा १०० मिटर मिड्ले रिलेमा बागमतीका आर्या महर्जन ९सिनियर०, प्रान्जा ताम्राकार, इरा अमात्य र रोयल प्रजापतीको टिमले ५ मिनट ५.६९ सेकेन्ड समयका साथ स्वर्ण जिते । नेपाल पुलिसले रजत र आर्मीले कास्य पायो ।
४ गुणा ५० मिटर मिक्स मिड्ले रिले तर्फ बागमतीले स्वर्ण जित्दा आर्मीले रजत र पुलिसले कास्य पाए । प्रतियोगिताको दोश्रो दिन बागमतीलो आफ्नो अग्रतालाई कायम राख्दै पदक तालिकामा ९ स्वर्ण ४ रजत र ६ कास्य हात पारेको छ । यस्तै एनआरएनले ६ स्वर्ण, १ रजत र २ कास्य, पुलिसले ३ स्वर्ण, ७ रजत र ८ कास्य, आर्मीले २ स्वर्ण ८ रजत र ८ कास्य, सुदूरपश्चिमले १ स्वर्ण, २ रजत र कोशीले १ स्वर्ण प्राप्त गरेको छ ।
भोली १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको हिट चरण भोली बिहान ९ बजे संचालन हुने कार्यक्रम रहेका पौडीका प्राविधिक निर्देशक बिष्णु खड्काले जानकारी दिए ।


पोखरा-अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी(२० छनोट प्रतियोगिता आईतबार भएको खेलमा कास्कीले बागलुङलाई ८९ रनको फराकिलो जित निकालेको छ । खेलमा बागलुङकी कप्तान संरचना गिसी तामाङले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेकी थिइन्। पहिले…