
खेलाडी न्युज(पोखरा)-अन्तराष्ट्रिय टेनिस फेडेरेशन(आईटिएफ)को विश्व बरियता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिला तर्फको उपाधि प्रेरणा कोईरालाले जितेकी छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित शनिबारको फाईनलमा कोइरालाले अभिलाषा विष्टलाई ६–२, ६(४)–७, ६–१ को सेटमा पराजित गर्दै उपाधिसहित ३० अंक बटुलिन् ।
खेल निर्धारित दुई घण्टा भन्दा ढिलो शुरु भएको थियो । पोखरा म्याराथनले एकातिर खेलाडी आउन ढिलाई भएको । अर्कोतिर अभिभावकको तनावले खेलाडीलाई मानसिक तनाव सृजना हुन पुग्यो । प्रतियोगिताका संयोजक सुर्य भुजेलका अनुसार अभिभावकले दिएको दबावले खेलाडीलाई मानसिक तनाव सृजना भएको उल्लेख गर्दै समस्याको समाधान गर्दा दुई घण्टा ढिलो भएको बताए ।
यसैगरी पुरुष तर्फ भारतीय खेलाडी अमन दहियाले आफनै देशका जम्सिन सिधानालाई सोझो सेटमा पराजित गरे । दहियाले ६–४, ६–१ को सेटमा पराजित गर्दै सर्किट २ को उपाधि आफनो नाममा लेखाउँदै ३० अंक जोडे । अघिल्लो शनिबार आयोजित प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपाली १८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा विजेतालाई नेपाल टेनिस संघका अध्यक्ष ज्योति राणा, उपाध्यक्ष विनोद कायस्थ, प्रतियोगिताका संयोजक एवं कास्की जिल्ला टेनिस संघका सल्लाहकार सुर्य भुजेल लगायतले पुरस्कार प्रदान गरेका थिए । पोखरामा आयोजित जुनियर टेनिस यो दोस्रो पटक हो । अघिल्लो वर्ष यु–१४ सर्किट १ र २ को प्रतियोगिता पोखरा रंगशाला टेनिस कोर्टमा आयोजना गरिएको छ । यु–१८ सर्किट १ भने प्रतियोगिता काठमाडौंमा आयोजना गरिएको थियो ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…