
गण्डकी प्रदेश जिल्ला खेलसंघ
गण्डकी खेलकुद विकास विधेयक २०७७ बुधबार बसेको प्रदेश सभाको बैठकले पारित गरेको छ । प्रदेशको ५७ औं बैठकले पास गर्नुअघि गण्डकी प्रदेश विधायन समितिमा छलफल गरिएको थियो । बैठकमा समेत विधेयकको दफाहरुमा छलफल गरिएको थियो । पारित भएको विधेयक अनुसार गण्डकी प्रदेश खेलकुद परिषद २५ सदस्यीय बन्ने छ । ६ सदस्यीय कार्यकारी समिति बन्ने छ ।
विधेयक पास गर्न एकसाता अघि मात्रै सदनमा प्रस्ताव लगिएको थियो । सदनले बुदाँगत छलफल गरी ल्याउन विधायन समितिलाई पठाएको थियो । विधायन समितिले बुदाँगत छलफल गरेर सामाजिक विकास मन्त्री नरदेवी पुनले ५७ औं प्रदेशसभा बैठक समक्ष प्रस्तुत गरेकी थिईन् । बैठकमा बुदाँगत छलफलको लागि समय छुट्टाएको थियो । विधेयकमाथि छलफल भएपछि प्रदेश सभाको बहुमतले पास गरिएको घोषणा गरिएको थियो । विधेयक पास भएपछि गण्डकी प्रदेश प्रमुख अमिक शरेचनले विधेयक प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आउने छ ।
‘संघीयताले सोचे अनुरुप खेलकुदको विकास हुन सकेको छैन’ सामाजिक मन्त्री नरदेवी पुनले सदनमा बोल्दै भनिन–‘अब ऐन पछि जिल्ला र प्रदेशमा खेलकुद समिति गठन गर्ने छौं । समितिले प्रभावकारी काम गर्नेमा प्रदेश सरकार विश्वस्त छ ।’ पारित गरिएको विधेयकले २५ सदस्यीय समिति बनाउने छ । यसअघि १९ सदस्यीय बनाउने तय गरिएको थियो । त्यसलाई संशोधन गरिएको छ । ‘मनोनित गर्नेमा महिलालाई प्राथमिकतामा राखिएको छ ।’ मन्त्री पुनको भनाई थियो ।
- २५ सदस्यीय कार्यसमिति, ६ सदस्यीय कार्यकारी समिति
- प्रतिबन्धित लागु औषध सेवन गरेको पाइए १० देखि ५० हजार जरिवाना
- म्याच फिक्सिङ गनेलाई ३ वर्ष कैद
- सम्बन्धित संघको दर्ता खारेज, पदाधिकारीलाई कारवाही
प्रदेश खेलकुद विकास ऐनले सदस्य सचिव बन्नलाई स्नातक तह उत्तीर्ण गरेको व्यक्ति मात्रै योग्य ठहर्याउने व्यवस्था छ । शैक्षिक योग्यता नपुगेका तर खेलकुद क्षेत्रमा लामो समय योगदान गरेको व्यक्ति सदस्य सचिव बन्नबाट ऐनले रोकेको छ । फौजदारी अभियोग समेत नलागेको हुनुपर्ने प्रावधान छ । ऐन बनेपछि गण्डकी प्रदेश खेलकुद सदस्य सचिव नियुक्तको लागि खुला प्रतिस्पर्धा शुरु हुने छ । गण्डकी प्रदेशको खेलकुद परिषद ६ सदस्यीय सचिवालय(बोर्ड) सदस्य बनाउने भन्ने विधायन समितिको छलफलबाट टुग्याईएको प्रदेश सदस्य दिपक कोइरालाले बताए । कोईराल पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्व अध्यक्ष समेत हुन् । धारा १४ मा उल्लेख भएअनुसार खेलकुद परिषद सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिति बनाईने छ । प्रदेश खेलकुद महाशाखा प्रमुख, खेलुकद प्रशासन प्रमुख, एक महिलासहित तीनसदस्य मनोनित गरेर सचिवालय(बोर्ड)सदस्य बनाईने छ ।
प्रदेश खेलकुद परिषद सदस्य सचिव नियुक्तको लागि तीन सदस्य छनोट समिति गठन गरिने छ । छनोट समितिको सिफारिसको आधारमा प्रदेश मन्त्रीपरिषदले सदस्य सचिवको टुंगो लगाउने छ । सामाजिक विकास मन्त्री अध्यक्ष रहने विधेयकमा व्यवस्था छ । मन्त्रालयको सचिव, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीबाट दुईजना(एकजना महिला अनिवार्य), प्रदेशस्तरीय नेपाली सेना, नेपाल प्रहरी तथा शसस्त्र प्रहरी बलबाट एक–एक जना प्रतिनिधिको रुपमा प्रदेश खेलकुद परिषदको सदस्यमा रहने व्यवस्था छ । त्यसैगरी गण्डकी विश्वविद्यालय, अपांग महासंघ, प्रदेश खेल संघबाट तीन जना मनोनित गरिने समेत विधेयकमा उल्लेख छ ।
कसुर तथा सजाय
खेलाडीले खेल मितेमतो गरेको पाइए खेलाडीलाई ३ वर्ष कैद तथा ५० हजार जरिवना लगाउने निर्णयसहितको गण्डकी खेलकुद विधेयक २०७७ पारित गरिएको छ । पारित गरिएको विधेयकमा उल्लेख भए अनुसार खेल मिलेमतो (फिक्सिङ) गरेको पाइए खेलाडीलाई ३ वर्ष कैद र ३० हजार जरिवाना गरिने छ । खेलाडीले रकम समेत लिएको पाइएको अवस्थामा रकम समेत जफत गरेर प्रचलित कानून अनुसार कारवाही गरिने विधेयकमा उल्लखे छ ।
‘खेल मिलेमतो प्रकरणमो संलग्नता देखिए, पदाधिकारी, प्रशिक्षक, निर्णायक र खेलाडीलाई कसुर अनुसार १ देखि ३ वर्ष कैद गरिने विधेयकमा उल्लेख छ’ गण्डकी प्रदेश सदस्य दिपक कोइरालाले भने–‘खेल संघ दर्ता खारेज गरिने छ ।’ विधेयकको दफा २५ को घ मा उल्लेख गरिए अनुसार विदेशमा प्रतिनिधित्व गरेर जाने खेलाडीसहित पदाधिकारी एवं निर्णायकलाई कारवाही गरिने छ । दफा २५ कै ङमा उल्लेख भएअनुसार कसुर गरेको ठहरिएमा ३० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना गरिने छ । ‘दफा २५ को च मा भने संघ दर्ता खारेज समेत हुने छ ।’
यसैगरी खेलाडीले प्रतिबन्धित लागु औषध सेवन गरेको अवस्था खेलाडीले प्रयोग गरेको लागु औषधको मात्रा र प्रकृति अनुसार १० हजार रुपैयाँ जरिवाना लिईने छ । त्यसैगरी दोस्रो पटक भेटिएको अवस्थामा खेलाडीलाई एकवर्ष सम्बन्धीत खेलबाट प्रतिबन्धित गरी ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।


पोखरा-पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी गण्डकी पीएम कप महिला टी–२० छनोट प्रतियोगिता २०२६ अन्तर्गत भएको उद्घाटन खेलमा कास्की जिल्ला महिला क्रिकेट टोलीले नवलपुरलाई १९ रनको जित दर्ता गरेको छ। प्रतियोगिताको औपचारिक उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव दीपेन्द्र…