
ALEXANDER ZVEREV (GER) TENNIS - FRENCH OPEN - ROLAND GARROS - ATP - WTA - ITF - GRAND SLAM - CHAMPIONSHIPS - PARIS - FRANCE - 2020 © TENNIS PHOTO NETWORK
एजेन्सी-फ्रेन्च ओपन टेनिस अन्तर्गत स्पेनिस खेलाडी रोबर्ट कार्बालेसले तेस्रो चरण प्रवेशको लागि बिहीबार निकै संघर्ष गर्नुपर्यो । क्यानडियन खेलाडी डेनिस सापोभालभलाई संघर्षपूर्ण पाँचै सेट खेलेर जित आत्मसात गरेका छन् ।
सुजाने लेन्जेन कोर्टमा भएको प्रतिस्पर्धामा रोबर्टले पहिलो सेट संघर्ष गर्दै ७-५ मा लिए । पहिलो सेट नै निकै सकसपूर्ण लिएका उनले दोस्रो सेट भने डेनिसलाई ट्राईब्रेकमा सुम्पिए । दोस्रो सेट ६-७(७)ले गुमाएपछि सेट निकै प्रतिस्पर्धात्मक हुने विश्वास दर्शकलाई पर्यो ।
तेस्रो सेट भने रोबर्टले पहिलो र दोस्रो सेटको जस्तो कठिन र संघर्ष भने धेरै गरेनन् । ६-३ ले लिदैं अग्रता २-१ सेटको अवस्थामा पुर्याए । चौथो सेट उनलाई निर्णायक थियो । तर चौथो सेट ३-६ ले गुमाएपछि निर्णय अन्तिम निर्णायक सेटमा पुग्यो ।
अन्तिम सेट भने निकै रोमाञ्चक प्रतिस्पर्धात्मक बन्यो । अन्तिम सेट ८-६ को स्थितिमा रोबर्टले जित्दै फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरे । अर्को खेलमा जर्मनीका अलेक्जर जेरेभले पनि पाँचै सेटमा जित निकाल्दै तेस्रो चरणमा प्रवेश पाए । जेरेभले फ्रान्सेली खेलाडी पियरे हगस हर्बेटलाई २-६, ६-४,७-६(५), ४-६ र ६-४ को सेटले पराजित गरेका थिए ।


पोखरा-कास्की जिल्ला फुटबल संघले फिफा फुटबल फर दि स्कुल कार्यक्रम अन्तर्गत शनिबार दोस्रो चरणमा १७ विद्यालयलाई बल हस्तान्तरण गरेको छ । कास्की जिल्ला फुटबल संघको परिसरमा विभिन्न सरकारी १७ विद्यालयलाई तीन तीन वटा बल हस्तान्तरण गरिएको थियो ।…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…