Author Archive

विश्व म्याराथन(एम्स)को बोर्ड बैठक नेपालमा हुने

काठमाडौं-विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठक नेपालमा हुने भएको छ । यही जेठ तेस्रो साता काठमाडौंमा एम्सको बोर्ड बैठक हुने सुनिश्चित भएको नेपालका लागि एम्सका दुत टीएस ठकुरीले बताए । जेठ २१ र २२ गते(जुन ४–५) मा एम्सको बोर्ड बैठक हुनेछ । कुनै पनि विधाको विश्वव्यापी फेडरेसनको बोर्ड बैठक नेपालमा हुन लागेको सम्भवतः यो पहिलो हो । यसअघि एशियाली निकायसम्मका बोर्ड बैठक तथा कंग्रेस नेपालमा आयोजना भएका थिए ।निरन्तर लबिङ पश्चात एम्सको बोर्ड… पुरा पढौ

१७औं धर्मश्रीको उपाधि उमेश राईलाई

काठमाडौं-गोर्खाली फिटनेसका उमेश राईले उपाधी रक्षा सहित १७औं संस्करणको धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । काठमाण्डौ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगिताको ओभरअलतर्फ राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् । उपाधि जितेसँगै उनले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाण पत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गरे । उनी १६औं संस्करणका पनि विजेता हुन् । त्यस्तै, उपविजेता भएबापत धिमालले नगद ६ लाख हात पारे । त्यस्तै, तृतीय स्थानमा रहेका… पुरा पढौ

नेपाल सुपर लिगको ट्रफी टुर

पोखरा-नेपाल सुपर लिगको ट्रफीको पोखरा ल्याइएको छ । विभिन्न शहर भ्रमण गराउने योजनासहित शनिबार पोखरा रंगशालामा सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास एवं युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले ट्रफी सार्वजनिक गरे । ट्रफीलाई नेपालको विभिन्न शहरमा परिक्रमा गरिने कार्यक्रम रहेको छ । पुरा पढौ

तेस्रो संस्करणको एट ए साईड भेट्रान्स चैत अन्तिम साता

पोखरा-अमरसिंह ब्वाईज क्लबले यही चैत अन्तिम साता ८ ए साईड भेट्रान्स फुटबल प्रतियोगिताको तेस्रो संंस्करण आयोजना गर्ने तयारी गरेको छ । क्लबले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं क्लबले चैत २७ गतेदेखि ३० गतेसम्म आयोजना गर्ने सार्वजनिक गरेको हो । प्रतियोगितामा नेपालका विभिन्न १४ टिमको सहभागिता रहने क्लबका अध्यक्ष एवं संयोजक राजेश गुरुङले बताए । तेस्रो संस्करणको प्रतियोगितालाई क्लबले पोखरा रंगशालामा आयोजना गर्ने तयारी गरेको हो । यस अघिका दुई संस्करण पोखराको अमरसिंह चौरमा सम्पन्न गरेको हो । प्रतियोगितामा विजेताले… पुरा पढौ

गठित महानगर खेल संघको वैधानिकतामा प्रश्न

पोखरा-महानगरपालिका यतिबेला खेलकुद समिति विहीन छ । खेलकुद समिति विहीन हुदाँ खेलकुद प्रतियोगिता पनि शून्यता छाएको छ । समितिको समय सकिएको पनि एकवर्ष पुग्नै लाग्यो । महानगरपालिका खेलकुद विकास समितिको अध्यक्ष तथा पदाधिकारीको म्याद गएको जेठमा सकिएको हो । सदस्य सचिवको भने असारको पहिलो साता टुंगिएको थियो । त्यसयता महानगरपालिका खेलकुद विकास समिति विहीनको अवस्थामा छ । तत्कालिन समितिले महानगरपालिका खेलकुद विकास ऐन २०७५ अनुसार समिति गठन गरेको हो । गठित समितिले महानगरपालिका खेल संघ गठन गर्यो । गठित खेल… पुरा पढौ

१२ विभिन्न उपसमिति गठन

पोखरा-आगामी बैशाख २० गते नवौं पोखरा स्पोर्टस अवार्ड गर्ने निर्णयसँगै खेलकुद पत्रकार मञ्च गण्डकीले विभिन्न उपसमिति गठन गरेको छ । पोखरा रंगशालास्थित जिल्ला खेलकुद विकास समिति कास्कीको सभाहलमा आयोजित भेलाका सहभागीले अवार्ड कार्यक्रमलाई व्यवस्थित बनाउँदै ब्राण्डको रुपमा स्थापित गराउँनुपर्नेमा सहभागिहरुले जोड दिए। भेलाले मञ्चका अध्यक्ष एमबि आस्था संयोजक र राजाराम पौडेल सहसंयोजक रहेको मुल आयोजक समिति तथा विभिन्न १२ वटा उपसमितिका संयोजक समेत चयन गरेको छ । जसमा आर्थिक संकलन उपसमिति संयोजकमा बिमल तिवारी, प्रचार–प्रसार उपसमिति संयोजकमा राजु गिरी, अन्तर्राष्ट्रिय… पुरा पढौ

सिब्रिन र सोहेल यु १९ बन्द प्रशिक्षणको १८ जनाभित्र

पोखरा-आईसिसी यु १९ विश्वकप एशिया छनोट प्रतियोगिताको लागि १८ जनाको नाम सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार साँझ सार्वजनिक गरिएको नाममा पोखराका दुई खेलाडीले स्थान पाएका छन् । पोखराका सिब्रिन श्रेष्ठ र सोहेल कुँवरलाई समावेश गर्दै यु १९ को विश्वकप एशिया छनोटको लागि १८ सदस्यीय टोली घोषणा गरिएको हो । नरेश भट्टको कप्तानीमा टोली सार्वजनिक गरिएको क्यानले जनाएको छ । यद्यपी अन्तिम १४ जनाको भने केही दिनपछि सार्वजनिक गर्ने क्यानले जनाएको छ । टोलीमा साहिल पाटेल, दर्श सुनार… पुरा पढौ

विभागिय डर्वीमा त्रिभुवन आर्मी

पोखरा- प्रथम पोखरा कप राष्ट्रिय पुरूष ह्याण्डबल प्रतियोगितामा सोमबार भएको समुह ‘बी’ तर्फको भएको विभागिय डर्वीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ । आर्मीले अर्को विभागिय टोली एपिएफलाई १९–१४ को अन्तरले पाखा लगायो । आर्मीको जितमा आकाश अधिकारीले सर्वाधिक ५ गोल गरे । समुह ‘ए’ तर्फ कोशी र कर्णाली प्रदेशले एक–एक अंक बाडेका छन् । खेल २०–२० गोलको बराबरीमा रोकिएपछि अंक बाडेका हुन् । सोमबार भएको समुह ‘बी’ तर्फको भएको विभागिय डर्वीमा त्रिभुवन आर्मीले जित हासिल गरेको छ । आर्मीले… पुरा पढौ

५२ लाख ६० हजार पुरस्कारको १७औं धर्मश्रीको तयारी पुरा

काठमाडौं-नेपालको जेठो व्यायामशाला नेपाल व्यायाम मन्दिरको आयोजनामा यही चैत ७ देखि ९ गतेसम्म हुने तीनदिने १७ औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको सबै तयारी पूरा भएको जानकारी गराएको छ । आयोजकले सोमबार होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको आयोजना गर्दै कुल ५२ लाख ६० हजार पुरस्कार राशि रहेको १७औं धर्मश्री, प्रथम पीएल सिंह मेन्स स्पोट्र्स फिजिक्स १७० सेमी ओभर÷अण्डर, प्रथम वोमेन्स बडी बिल्डिङ ओपन र ५० वर्ष माथिका मास्टर खुला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता–२०८१ को सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो… पुरा पढौ

नेपालगन्ज म्याराथनसँग वन स्टेप फाउन्डेसनको सहकार्य

नेपालगन्ज-अमेरिकामा सामाजिक कार्य गर्न स्थापित वन स्टेप फाउन्डेसन र नेपालगन्ज म्याराथन बीच किशोरी खेलाडीलाई दौडमार्फत मुल धारमा ल्याउने सम्बन्धमा सम्झौता भएको छ । समाजमा पिछडिएका र आर्थिक अवस्था कमजोर रहेका मुस्लिम, मधेसी, दलित, जनजाति समुदायका किशोरीलाई दौडमार्फत एउटै मञ्चमा ल्याई उनीहरुलाई सशक्तीकरण गराउन दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा वन स्टेप फाउन्डेसनका तर्फदेखि बालकृष्ण जोशी र नेपालगन्ज म्याराथनका तर्फबाट टीएस ठकुरीले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै वन स्टेप फाउन्डेसनले नेपालगन्ज म्याराथनमा तीन सय जना किशोरीको दर्ता गरेर सघाउनेछ ।… पुरा पढौ