
पोखरा-पोखरामा एक दशक अघि मात्रै फेन्सिङ खेल भित्रियो । भित्रिएको छोटो समयमै फेन्सिङले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता समेत जनाईसकेको छ । फेन्सिङको युथ वल्र्ड च्याम्पियनसिपमा पोखरेली कृपा गुरुङको सहभागिताले फेन्सिङ खेललाई अझ उचाईमा पुर्रयाईदिएको छ । पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितासँगै सर्वत्र चर्चामा रहेको फेन्सिङले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ४ कास्य पदक जित्दै नयाँ इतिहास कोर्यो । सहभागिता जनाएसँँगै चार कास्य पदकले फेन्सिङ खेलप्रतिको उत्साह झल्काईदिएको थियो ।
डा. मघुसुदन सुवेदी फेन्सिङ संघको संस्थापक अध्यक्ष हुन् । उनै सुवेदीले तेस्रो साधारण सभाको उदघाटन गर्दै कार्यालयको समेत औपचारिक उदघाटन गरे । उनले अफुले शुरुवात गरेको खेलले पछिल्लो समय पाएको उपलब्धीले गर्विलो अनुभूति भएको जनाउँदै आगामी दिनमा फेन्सिङ खेलको विकासमा आफनो सहयोग रहने प्रतिबद्धता गरे । आईतबार आयोजित साधारण सभामा बोल्दै गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य दिलबहादुर गुरुङले दशौं खेलकुद प्रतियोगिताको लागि प्रदेश खेलकुद परिषदले आवश्यक बजेट विनियोजन गर्ने जनाउँदै खेलाडीलाई आवश्यक तयारीमा रहन समेत आग्रह गरे ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गोदारले फेन्सिङ खेलको विकास र प्रतियोगिताको लागि महानगर खेलकुद विकास समिति सदैवमा हातेमालो गर्न तयार रहेको बताए । उनले महानगर खेलकुद विकास समितिले संघसँगको सहकार्यमा प्रतियोगिता आयोजना समेत गरिने जानकारी गराए । फेन्सिङ संघका उपाध्यक्ष शिव आचार्य, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङ, कास्की जिल्ला फेन्सिङ संघका अध्यक्ष अमृत पोखरेल लगायतले फेन्सिङ खेलको बारे चर्चा गरेका थिए । साधारण सभामै संघका सचिव सन्दीप बराल र कोषाध्यक्षको वार्षिक प्रतिवेदन पास गरिएको थियो । त्यस्तै गण्डकी प्रदेश फेन्सिङ संघका अध्यक्ष विजय शाहीले खेलाडीहरु नवराजजंग कार्की, प्रशान्त गुरुङ र कृपा गुरुङलाई रुदाक्षको माला लगाई सम्मान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…