पोखरा-कोरोनाको दोस्रो लहरसँगै आयोजनाको तयारीमा रहेको खेलकुदका प्रतियोगिता रोकिएको छन् । कास्की जिल्ला आर्चरी संघले गण्डकी प्रदेशस्तरीय पहिलो पटक आर्चरी च्याम्पियनसिपको तयारी गरेपनि कोरोनाकै कारण स्थगित गरिएको छ । संघले बैशाख १८ र १९ गते दुई दिन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेपनि कोरोनाको संक्रमण बढ्दै गएपछि स्थगित गरिएको संघका अध्यक्ष योगेन्द्र शेरचनले सुनाए । ‘प्रदेशस्तरीय र्आचरी च्याम्पियनसिप गर्ने तयारीमा थियौं । कोरोनाको संक्रमणको दोस्रो लहरले रोकिन पुग्यो ।’ उनले भने–‘दर्शक विहीन प्रतियोगिता आयोजना गर्ने योजना बनाएपनि खेलकुद समितिले स्वीकृति दिएन्…
पुरा पढौ