उत्कृष्ट धुनर्धर

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     मंसिर १२ गते २०७७ मा प्रकाशित


असिम शरेचन ।

पोखरा-खेलकुद र संगीत फरक पाटो हुन् । तर लगाब एउटै हो । एकाग्रता बिना संगीतको साधना हुनै सक्दैन् । खेलकुद पनि उस्तै हो । शान्त बातावरणमै संगीतको सुर निस्कन्छ । कोलाहलमय बातावरण भए संगीतको साधनामा खलल पुग्छ । खेलकुदमा पनि साधना विना लक्ष्य हासिल हुदैैन् । लगाव र मेहनत त पक्कै हुनै पर्छ । कुनैपनि खेलकुदमा एकाग्रता नभए लक्ष्य हासिल हुदैंन् ।
……………………………………………………………………………………………………………
असिम शेरचन(४६)को परिचय दोहोरो छ । संगीतकर्मीले उनलाई आफनै परिचय दिन्छन् । खेलकुदकर्मीले उनलाई अन्तराष्ट्रिय खेलाडीको रुपमा चिन्छन् । संगीत र खेलकुद उनको परिचयको पर्याय हुन् । दुवैमा उनको साधना छ । लगाव छ । मेहनत छ । लगाव र मेहनतकै कारण उनले दुवै क्षेत्रमा सफलता प्राप्त गरेका छन् ।

शेरचन आर्चरीका अन्तराष्ट्रिय खेलाडी हुन् । उनको खेलकुद करियर दशक लामो छ । अरुले रिटायर्ड लिने बेलामा खेलकुदको करियर थालनी गरेका हुन् । आर्चरी फिजिकल्ली भन्दा पनि बढी मेन्ट्ल्ली गेम हो । उनको बुझाई पनि त्यस्तै छ । त्यसैले उनले आर्चरीको करियर पनि ३३ वर्षको उमेरमा शुरु गरे । आधुनिक आर्चरी खेल्न थालेको केवल दशक वित्यो । तर परम्परागत आर्चरीको अभियान भने केही अघि शुरु गरेका थिए ।

जातैले थकाली । थकालीले परम्परागत धनुष वाण हान्छन् । परम्परागत खेल पनि हो । त्यसैले उनलाई सिक्न खासै गाह्रो भएन् । समय पनि लागे । फागु पूर्णिमाको दिन मनाईने तोरन्ल चाड थकाली समूदायको लागि निकै महत्वपूर्ण मानिन्छ । समूदायले वर्षेनी परम्परागत धनुष वाण हान्ने प्रतियोगिता हुन्थ्यो । त्यसमा उनले पनि सहभागि जनाउँथे । खेल प्रतिस्पर्धा भन्दा पनि रमाईलोको लागि हानिन्थ्यो । अग्रजले नै सुझाव दिए–आधुनिक आर्चरी प्रशिक्षण गर्न । अग्रजकै सुझावलाई अनुशरण गर्दै आधुनिक आर्चरीमा उनले आफनो करियर खोज्न शुरु गरे ।
………………………………………………………………………………………………………..
अग्लो कद । धेरैले आधुनिक आर्चरीको लागि सुझाव दिएपछि असिमको यात्रा शुरु भयो प्रशिक्षणबाट । किशोरकुमार गुरुङको पुगे । गुरुङ भर्खरै सिंगापुरबाट फर्किएका थिए । सिंगापुरे पुलिसबाट रिटायर्ड भएर आएका गुरुङ आधुनिक आर्चरीको जग बसाउने सुरमा थिए ।

सन २०१८ मा ढाकामा आयोजित आर्चरी च्याम्पियनसिपमा कास्य पदकसहित शेरचन ।

शेरचनसहित केही खेलाडी उनको घरमै प्रशिक्षण लिन पुगे । ‘आर्चरी थोरै मेहनत र हतारले लक्ष्यमा पुग्नै सकिन्न ।’ उनको अनुभव छ । सबैभन्दा बढी एकाग्रता चाहिन्छ । लक्षित विन्दुमा तीर(एरो) हान्न शालिन र एकाग्रता चाहिन्छ । दिमागमा अन्य कुरा खेल्न थाल्यो भने कहिल्यै लक्ष्य हासिल हुदैन् ।
थकालीको परिवार हुर्किएका उनलाई आर्चरी भित्रैदेखि सिक्ने रहर जाग्यो । संगीत क्षेत्रमा होमिएका उनलाई एकाग्रता विना सम्भव नहुने प्रष्ट्याउँछन् । संगीतमा एउटै सुरमा साधना गर्दा नयाँ धुन निस्कन्छ । खेलकुदमा पनि मन चन्चल भए ध्यान अन्यत्र मोडिन्छ । ‘कन्सर्टको बेला संगीत बिग्रिए खराब हुन्छ । फेरी गरौं भन्ने हुन्न । त्यस्तै आर्चरीमा पनि शान्त र सालिन नभए उत्कृष्ट नजिताबाट बन्चित भईन्छ ।’ उनी सुनाउँछन् ।

आर्चरीको नियमित प्रशिक्षण छैन् । जब राती बुढी ताती भन्ने झैं छ नेपाली खेलुकद । प्रतियोगिताको आउने बेलामा मात्रै तयारी गर्ने प्रवृत्ति छ । छोटो तयारीले पदकको आशा गर्न सकिदैन् । तर नेपालमा हतारिएर गरिएको प्रशिक्षणबाट राज्यले पदकको अपेक्षा गर्छ । त्यो सबैभन्दा घातक हुन्छ । ‘गेमकै बेलामा खेलाडी बोलाएर प्रशिक्षण गर्ने परिपाटी छ । त्यो अन्त्य हुनुपर्छ । आर्चरीमा नेपालले पदक जित्न सक्छ । पदक जित्नको लागि दैनिक १ घण्टा नियमित प्रशिक्षण गरे पुग्छ । प्रशिक्षण भने नियमित गर्नैपर्छ ।’ उनी आफनो र्आचरीको अनुभव सुनाउँछन् –‘फुसर्दको समयमा ट्रेनिङ गरे मात्रै पुग्छ ।’

आर्चरीको यात्रा थोरै भएपनि अन्तराष्ट्रिय करियर भने अविस्मरणीय उचाईमा छ । नेपालकै उत्कृष्ट धनुर्धर हुन् । निगालोको धनुष बनाएर हान्न शुरु गरेका उनी अहिले आर्चरीका बादशाह नै हुन् । परम्परागत खेलबाट आधुनिकता तर्फ उन्मुख हुन उनलाई खासै समय भने लागेन् । भित्रैदेखिको ईच्छाले पनि उनलाई आधुनिक आर्चरीको सर्वश्रेष्ठ धनुर्धरको रुपमा उभ्भिन सफल भए ।
………………………………………………………………………………………………………
निरन्तर लगावले मात्रै प्रतिफल पाईन्छ । तर नेपालमा हतारिएर गरिने प्रशिक्षणले प्रतिफल दिदैन् । लगाव पनि एकाग्रताको लगाव चाहिन्छ । खेलकुद आफैंमा दर्शकको भीडमा खेल्नुपर्छ । दर्शकको उत्तेजना उस्तै हुन्छ । दर्शकको हौसला र उत्तेजनाले दिमागमा लिएमात्रै लय खलबलिन्छ । त्यसैले खेलाडीलाई क्राउडसँग डरमान्नु हुदैन् । ‘क्राउडमा खेल्नुपर्छ । क्राउडसँग डराए खेलाडीले आफनो पर्फमेन्स दिनै सक्दैन् ।’ उनी भन्छन–‘सांगितीक कन्सर्टमा ठूलो क्राउडमा बजाउनुपर्छ । हतास हुनुहुदैन् । म क्राउडसँग अत्तालिन्न ।’

‘सफलताको सेक्रेट नै मेहेनत हो ।’ उनी भन्छन–‘खेलाडीको मेहेनत र राज्यको लगानी भए आर्चरीमा नेपालले अन्तराष्ट्रिय पदक जित्छ त्यसमा दुईमत नै छैन् ।’

आर्चरीको नियमित प्रशिक्षण छैन् । जब राती बुढी ताती भन्ने झैं छ नेपाली खेलुकद । प्रतियोगिताको आउने बेलामा मात्रै तयारी गर्ने प्रवृत्ति छ । छोटो तयारीले पदकको आशा गर्न सकिदैन् । तर नेपालमा हतारिएर गरिएको प्रशिक्षणबाट राज्यले पदकको अपेक्षा गर्छ । त्यो सबैभन्दा घातक हुन्छ । ‘गेमकै बेलामा खेलाडी बोलाएर प्रशिक्षण गर्ने परिपाटी छ । त्यो अन्त्य हुनुपर्छ । आर्चरीमा नेपालले पदक जित्न सक्छ । पदक जित्नको लागि दैनिक १ घण्टा नियमित प्रशिक्षण गरे पुग्छ । प्रशिक्षण भने नियमित गर्नैपर्छ ।’ उनी आफनो र्आचरीको अनुभव सुनाउँछन् –‘फुसर्दको समयमा ट्रेनिङ गरे मात्रै पुग्छ ।’

नेपालमा आर्चरीको प्रशिक्षक नै छैनन् । भएका प्रशिक्षकलाई राज्यले सोधपुछ गर्दैन् । प्रशिक्षक पनि टिपेर ल्याइने प्रवृत्तिले खेलकुद माथि उठ्न नसकेको ठम्याई अधिकाश खेलकुदकर्मीको छ । खेलाडीहरु पनि स्वयं बताउँछन् । प्रशिक्षकसँगै खेलाडीलाई मनोविज्ञान परामर्श पनि दिनुपर्छ । मनोविज्ञान सम्बन्धी परामर्श दिने चिकित्सक वा अन्य परामर्शकर्मी आर्चरीमा नभई हुदैन् । तर नेपालमा खेलाडीलाई मनोविज्ञान सम्बन्धी परामर्श दिने कोही पनि छैनन् । आर्चरी शुरुदेखि अन्तिमसम्म एउटै लय अर्थात शान्त हुनुपर्छ । हौसिने र निराश हुने प्रवृत्तिले आर्चरीमा खेलाडीलाई हानी पुर्याउँछ । उनको अनुभवमा आर्चरी ३० प्रतिशत शारीरिक फिट हुनुपर्छ । ७० प्रतिशत मानसिक रुपमा फिट हुन सकेन भने खेलाडीले कुनै नजिता दिनै सक्दैन् ।

अन्तराष्ट्रिय प्रतिस्पर्धाको क्रममा शेरचन ।

खेलमै लागेर अन्तराष्ट्रिय पदक जित्न साधारण तयारीले पुग्दैन् । विदेशमा बाह्रैमास खेल्छन् । त्यसबाट प्रतिफलको अपेक्षा स्वभाविक नै हुन्छ । राज्यले लगानी गर्छ । लगानी गरेअनुसार प्रतिफल नदिए प्रशिक्षक लगायतको टोली नै बर्खास्त हुन्छ । उनले आफु पनि नेपालकै शीर्ष बरियताको आर्चरी खेलाडी बन्न लामो मेहनत गरेको सुनाउँछन् । ‘सफलताको सेक्रेट नै मेहेनत हो ।’ उनी भन्छन–‘खेलाडीको मेहेनत र राज्यको लगानी भए आर्चरीमा नेपालले अन्तराष्ट्रिय पदक जित्छ त्यसमा दुईमत नै छैन् ।’ उनले आफनो कडा मेहेनतकै कारण आर्चरीको विश्व बरियतामा १८० औं स्थानसम्म आईपुगेका थिए । नेपालको आर्चरीमा उनी शीर्षस्थानमा छन् ।
………………………………………………………………………………………………………….

अन्तराष्ट्रिय सहभागिता
सन २०१० चीन ( एशियन गेम्स)
सन २०१४ कोरिया (एशियन गेम्स )
२०१८ इण्डोनेसिया( एशियन गेम्स)
२०१० इरान(एशियन ग्राण्डपिम्स)
२०१० भियतनाम(एशियन इण्डोर आर्चरी)
२०१० कोलकोत्ता (एशियन ग्राण्डपिक्स )
२०११ ढाका (साउथ एशियन गेम्स,साग)- कास्य पदक टिम)
२०१२ थाईल्याण्ड (एशियन आर्चरी च्याम्पियनसिप)
२०१३ इरान (एशियन र्आचरी च्याम्पियनसिप)
२०१८ बंगलादेश अन्तराष्ट्रिय आर्चरी प्रतियोगिता(कास्य पदक टिम)
२०१९ नेपाल साउथ एशियन गेम्स(साग)

आर्चरी जो कोहीले खेल्नै सक्दैन् । किन ? सामान महंगा छन् । महंगा सामान भएकै कारण आर्चरी प्रति अभिरुची राखेपनि खेल्ने कम छन् । त्यसमा पनि सामान नेपालमा पाईदैन् । बिडम्बना नै त्यही हो । एकातिर महंगो सामान । अर्कोतिर नेपालमै सामान नपाईने परिस्थितिले पनि आर्चरीले फड्को मार्न सकेको छैन् । ट्रेनिङकै लागि पनि सामान्य २० हजारको बो(सर) चाहिन्छ । सामान्यतय ५० हजारदेखि ४ लाख रुपैयाँसम्म सामानको पर्छ । दशवटा सामान जोडेर मात्रै एउटा धनुष(आधुनिक बो) तयार हुन्छ । ती दशवटा सामान नेपालमै पाईदैन् । ‘कस्तो खेल खेलियो जसको सामान नेपालमै पाईदैन् ।’ उनी थकथक मान्छन् । सामान कि आफैं विदेश जानुपर्छ लिनको लागि । नभए विदेशमा भएका साथी भाइ नेपाल आउने बाटो कुर्दै सामानको प्रतिक्षा गर्नुको विकल्प छैन् ।

थकाली, छन्त्याल र मगर समूदायमा आर्चरी बढी खेलिन्छ । नशामै आर्चरी छ । तर राज्यले लगानी गरे प्रतिफल आउँछ । आर्चरीको ट्रेनिङ सेन्टर खोल्ने लक्ष्य छ । तर सहयोग भने राज्यबाट हुदैन् । पोखरा रंगशालाको आर्चरीलाई आवासिय सहितको बनाउन सकिए अन्तराष्ट्रिय आर्चरी भेन्यु बन्छ । जसले स्पोर्टस टुरिज्म प्रोमोशन हुन्छ । त्यसको लागि राज्यकै लागनी आवश्यक पर्छ । १२–१३ वर्षको उमेर देखि नै र्आचरी सिकाउनुपर्छ । झण्डै एक दशक सिकाएपछि एकेडेमीमा रहेको खेलाडीहरु निखारिएर निस्कन्छन् । जसले अन्तराष्ट्रिय प्रतिस्पर्धामा खरो उत्रिन्छन् । नेपालमा विशेष गरी १८ मिटरको इण्डोर, ३० मिटर, ५० र ७० मिटरको आउटडोर प्रतिस्पर्धा हुन्छ । त्यसमा पनि कम्पाउण्डको ५० र रिकर्भको ७० मिटरको प्रतिस्पर्धा हुन्छ । जुन एशियन तथा ओलिम्पक खेलमा समेत समावेश छ ।

असिम शरेचनसहित नेपाली आर्चरी टीम ।

राज्यको लागनीकै सन्दर्भमा उनले आफनो किस्सा सुनाउन भ्याए– ‘सन २०१० मा इरानसँगको प्रतिस्पर्धा थियो । प्रिक्वार्टर फाईलन प्रतिस्पर्धामा नेपाली टिमले इरानलाई पराजित गर्यो । इरानलाई कोरियन प्रशिक्षकले प्रशिक्षण दिएका थिए । कोरियन प्रशिक्षक पनि ओलम्पियन थिए । नेपालसँग पराजित भएको कोरियन प्रशिक्षकलाई बर्खास्त गरिदिएको थियो ।’

खेलकुदसँगै उनी सांगितीक दुनियामा समेत उत्तिकै रमाएका छन् । कन्दरा व्याण्डका गिटारिष्ट हुन् । दुवैलाई व्यवस्थापन गर्दै अघि बढेका छन् । सांगितीक दुनियाँमा रमाउँदा भारतमा आयोजित १२ औं साउथ एशियन गेम्समा सहभागिता जनाउन पाएनन् । त्यतिबेला उनी सांगितीक दौड अभियानकै क्रममा अन्तराष्ट्रिय शहरमा थिए । तर उनलाई घरेलु मैदानमा आयोजित सागमा पदक जित्न नसक्दा दुख लागेको सुनाउँछन् ।

सामान्यतय ५० हजारदेखि ४ लाख रुपैयाँसम्म सामानको पर्छ । दशवटा सामान जोडेर मात्रै एउटा धनुष(आधुनिक बो) तयार हुन्छ । ती दशवटा सामान नेपालमै पाईदैन् । ‘कस्तो खेल खेलियो जसको सामान नेपालमै पाईदैन् ।’ उनी थकथक मान्छन् । सामान कि आफैं विदेश जानुपर्छ लिनको लागि । नभए विदेशमा भएका साथी भाइ नेपाल आउने बाटो कुर्दै सामानको प्रतिक्षा गर्नुको विकल्प छैन् ।