आर्चरी

स्ट्याण्डर्ड पुरुष टिममा गण्डकीलाई स्वर्ण

पोखरा नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखराको आर्चरी मैदामा भएको प्रतिस्पर्धाम स्ट्याण्डर्ड पुरुष टिम इभेन्टमा गण्डकीले स्वर्ण जितेको छ । गण्डकीको दुर्गा घर्ती मगर, खड्ग घर्ती, रज्नु पुन र कृष्ण भण्डारीको टिमले सुदूरपश्चिम प्रदेशलाई पछि पार्दै स्वर्ण जितेका हुन् । सुदूरले रजत र नेपाल पुलिसले कास्य पदक प्राप्त ग¥यो ।महिला तर्फ सोही विधामा नेपाली सेनाले स्वर्ण हात पा¥यो । सेनाका सरद बि।क।, सारु तामाङ, खड्ग कुमारी थापा मगर र तुल्सी थापा सम्मिलित टिमले सेनालाई स्वर्ण दिलाएका हुन् । प्रदेश १ले रजत… पुरा पढौ

एशियन गेम्सको तयारी, आर्चरीको बन्द प्रशिक्षण

पोखरा-चीनको बेईजिङमा आयोजना हुने १९ औं एशियन गेम्सको लागि आर्चरीका खेलाडी यतिबेला बन्द प्रशिक्षणमा छन् । राष्ट्रिय खेलकुद परिषदले आर्चरीका लागि १२ जना मध्येबाट ६ जना छनोट गर्न दिएको निर्देशन अनुसार छ जनालाई बन्द प्रशिक्षणमा राखिएको नेपाल आर्चरी संघका केन्द्रीय सचिव एवं कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । बन्द प्रशिक्षणमा कम्पाउण्ड तर्फ पुरुषमा मीनप्रसाद गौचन र महिला तर्फ पर्सदा आचार्य रहेकी छन् । त्यस्तै गरी रिकर्भ अन्तर्गत पुरुष तर्फ नेपाली सेनाका रोशन नगरकोटी, नेपाल पुलिस क्लबका… पुरा पढौ

प्रदेश आर्चरी च्याम्पियन पुनलाई रिकर्भ बो सेट हस्तान्तरण

पोखरा-गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन बनेका म्याग्दीका सुजन पुनलाई आर्चरीको खेल सामाग्री(रिकर्भ बो सेट) हस्तान्तरण गरिएको छ । बेलायत बस्दै आएको प्रदेशका पूर्व राष्ट्रिय खेलाडी कृष्ण तुलाचनको सहयोगमा आर्चरीको खेल सामाग्री हस्तान्तरण गरिएको हो । तुलाचनले बिहीबार आफनो जन्मदिनको अवसरमा सहयोग गरेको कास्की जिल्ला आर्चरी संघले जनाएको छ । हस्तान्तरण गरिएको रिकर्भ बो सेट एक लाख रुपैयाँ बराबरको हो । खेल सामाग्रीलाई गण्डकी खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङले च्याम्पियन बनेका पुनलाई हस्तान्तरण गरेका हुन् । कास्की जिल्ला आर्चरी संघले नवौं… पुरा पढौ

म्याग्दीका सुजन पुन गण्डकी प्रदेशस्तरीय आर्चरी च्याम्पियन

पोखरा-पहिलो पटक आयोजना गरिएको गण्डकीप्रदेश स्तरीय खुल्ला आर्चरी प्रतियोगिताको उपाधि म्याग्दीका सुजन पुनले जितेका छन् । स्टाण्डर्ड ३० मिटरको प्रतिस्पर्धामा ¥याङकिङ राउण्डमा २७७ अंक हान्दै नकाउट चरण प्रवेश गरेका उनले फाईनलमा आफनै म्याग्दीकै उमेश तिलिजालाई ६–२ सेट प्वाइन्ट अन्तरमा पराजित गर्दै नगद २५ हजार राशीसहित स्वर्ण पदक प्राप्त गरे । तिलिजा दोस्रो हुदैं नगद २० हजार रुपैयाँ प्राप्त गरेका छन् । पूर्व आर्चरी खेलाडी कृष्ण तुलाचन(हाल बेलायत)ले प्रायोजन गरेको एक लाख रुपैयाँ बराबरको रिकर्भ बो सेट च्याम्पियन बनेका सुजन पुनले… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय खुल्ला आर्चरी शुरु

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेशस्तरीय खुल्ला पुरुष आर्चरी प्रतियोगिता शुरु भएको छ । पोखरा रंगशाला आर्चरी मैदानमा शुरुभएको प्रतियोगिताको पहिलो दिन नकाउट चरणबाट ३२ जना छनोट भएका छन् ।पहिलो चरणमा ¥याङकिङ राउण्डबाट ६४ खेलाडी छनोट गरिएको थियो । ६४ जनाको नकाउट चरणबाट ३२ जना छनोट भएका हुन् । ¥याङकिङ राउण्डमा म्याग्दीका २४ वर्षिय सुजन पुन सर्वाधिक स्कोर बनाउँदैं ¥याङकिङको शीर्षस्थानमा रहेको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । उनी शीर्षस्थानमा रहँदै नकाउट… पुरा पढौ

शुक्रबारदेखि पोखरामा गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता

पोखरा-कास्की जिल्ला आर्चरी संघको आयोजनामा शुक्रबारदेखि पोखरा रंगशाला आर्चरी मैदानमा पहिलो पटक गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता शुरु हुदै छ । प्रतियोगिता स्टाण्डर्ड–३० मिटरको हुने संघले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आर्चरीमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यसहित कास्की जिल्ला आर्चरी संघले पहिलो पटक प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता आयोजना गरेको हो । स्टाण्डर्ड ३० मिटरको प्रतिस्पर्धामा प्रदेशका छ जिल्लाका ६६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिताका संयोजक बसन्त गौचन(साकुरा)ले प्रतियोगितामा कास्की,… पुरा पढौ

पुस तेस्रो साता गण्डकी प्रदेशस्तरीय आर्चरी प्रतियोगिता

पोखरा-१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितापछि पोखरा रंगशाला आर्चरी मैदानमा प्रदेशस्तरीय आर्चरी प्रतियोगिता आयोजनाको तयारी गरिएको छ । ् कास्की जिल्ला आर्चरी संघको आयोजनामा आगामी पुषको तेस्रो साता प्रदेशस्तरीय आर्चरी प्रतियोगिता आयोजना गरिने जनाएको छ । प्रदेशस्तरीय प्रतियोगितासँगै ६० वर्षमाथिको उमेर समूहको भेट्रान्स प्रतियोगितालाई समेत संघले पहिलो पटक समावेश गरेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालााई लक्षित गर्दै आगामी पुष २३ र २४ गते पोखरा आर्चरी मैदानमा प्रतिस्पर्धा हुने कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । उनका… पुरा पढौ

तोरण्ल गोल्कप(तारा प्रतियोगिता)को उपाधि दरबाङलाई

पोखरा-थकाली सेवा समिति केन्द्रले आयोजना गरेको ११ औं तोरण्ल गोल्डकप(अन्तर क्षेत्रीय तारा प्रतियोगिता)को उपाधि थकाली सेवा समिति दरबाङ म्याग्दी क्षेत्रले जितेको छ । १५ डोरको खेलमा दरबाङ क्षेत्रले १४१ अंकसहित च्याम्पियन बन्यो । नगद एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्यो । थकाली सेवा समिति बेनी म्याग्दीको व्यवस्थापनमा आयोजित प्रतियोगितामा पोखरालाई एक अंकले पछि पार्दै थकाली सेवा समिति काठमाडौं दोस्रो स्थानमा रह्यो । थकाली सेवा समिति पोखरा र काठमाडौंले समान १२० स्कोरमा टाई खेलेपछि दोस्रो र तेस्रो स्थान छुट्टाउन निर्णायार्थ एक… पुरा पढौ

आर्चरी संघले मनायो ओलम्पिक दिवस

पोखरा-कोरोना कहरको दोस्रो लहरले खेलकुद क्षेत्र थलिएको छ । भौतिक उपस्थितिमा कुनै खेलकुद गतिविधि ठप्पै जस्तै छ । मोफसलको खेलकुद गतिविधि अघि बढ्नै सकेको छैन् । यद्यपी पोखरामा भने भौतिक उपस्थितिमा ओलम्पिक दिवस मनाईएको छ । कास्की जिल्ला आर्चरी संघले नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेजबहादुर गुरुङको उपस्थितिमा पोखरा रंगशालास्थित आर्चरी मैदाना शनिबार ओलम्पिक दिवस मनाईयो । दिवसमा खेलाडीहरुको भौतिक उपस्थिति रहेको थियो । उपस्थित पदाधिकारीले आसन्न टोकियो ओलम्पिकमा सहभागिताको तयारीमा रहेको खेलाडीद्वयलाई शुभकामना व्यक्त गरेका थिए । आर्चरीबाट तिलक पुन… पुरा पढौ

आर्चरीको ओलम्पिक तयारी प्रशिक्षण, वाईल्ड कार्डको आस

पोखरा-दुई महिनापछि टोकियो ओलम्पिक शुरु हुदैं छ । ओलम्पिकमा जानु अघि नेपाली आर्चरी टोलीले फ्रान्समा क्वालिफाईङ प्रतिस्पर्धा गर्नुपर्ने छ । फ्रान्सको पेरिसमा आगामी जून दोस्रो साता आर्चरीको अन्तिम क्वालिफाईङ हुदैं छ । क्वालिफाईङ प्रतिस्पर्धामा शीर्ष तीन खेलाडी ओलम्पिकको लागि छनोट हुने छन् । अन्यले ६४० अंक कटाए वाईल्ड कार्डको कोटा प्राप्त हुन्छ । अन्यथा आर्चरीको ओलम्पिक सहभागिता कमजोर हुने छ । टोकियो ग्रीष्मकालिन ओलम्पिकको लागि दुई आर्चरी खेलाडीले तीन महिना यता नियमित प्रशिक्षणमा छन् । कोरोनाको दोस्रो लहर अगावै देखि… पुरा पढौ