पोखरा-कास्की जिल्ला आर्चरी संघको आयोजनामा शुक्रबारदेखि पोखरा रंगशाला आर्चरी मैदानमा पहिलो पटक गण्डकी प्रदेशस्तरीय खुला आर्चरी प्रतियोगिता शुरु हुदै छ । प्रतियोगिता स्टाण्डर्ड–३० मिटरको हुने संघले जनाएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आर्चरीमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यसहित कास्की जिल्ला आर्चरी संघले पहिलो पटक प्रदेशस्तरीय खुल्ला आर्चरी प्रतियोगिता आयोजना गरेको हो । स्टाण्डर्ड ३० मिटरको प्रतिस्पर्धामा प्रदेशका छ जिल्लाका ६६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिताका संयोजक बसन्त गौचन(साकुरा)ले प्रतियोगितामा कास्की,…
पुरा पढौ