तेक्वान्दाे

एसियाबाट खड्का छनोट

काठमाडौं-विश्व भर्चुअल तेक्वान्दो महोत्सवका लागि नेपाली अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का प्रतियोगिता सञ्चालन गर्ने निर्णायक मण्डलमा छनोट भएका छन् । युएस वर्ल्ड क्लास तेक्वान्दो संघको आयोजनामा प्रतियोगिता अक्टोबर १०, ११, १७ र १८ तारिखमा हुने छ ।विश्वभरबाट ५ निर्णायक छनोट गरिएकोमा एसियाबाट छनोट हुने खड्का एक्लो निर्णायक हुन् । अन्य चार निर्णायकमा अमेरिकाका क्यारोलिना मार्क, ब्राजिलका एन्ड्रे ओलिभिरा, क्यानाडाका जिन लि र मेक्सिकोका लुक क्याम्पबाङे रहेको खड्काले जनाएका छन् । खड्का ग्योरोगी, पुम्से र पारा तेक्वान्दोका एक्लो नेपाली निर्णायक हुन् ।पान… पुरा पढौ