काठमाडौं-राष्ट्रिय पारा तेक्वान्दो खेलाडीलाई बुधबार प्रदान गरेका छन् । १३ खेलाडी र १ प्रशिक्षकलाई ट्रयाकसुट, ब्याग, जुत्ता, टिसर्टलगायत गरी करिब २ लाख बराबरको सामाग्री प्रदान गरिएको हो । विभिन्न संस्था र करातेका पूर्व खेलाडी मिलेर खेल पोशाक सहयोग गरेका थिए । उक्त सामाग्री गोदावरी नगरपालिका, वज्र सेक्युरिटी प्रा.लि., स्तम्भ बहुउद्देश्यीय सहकारी संस्था तथा करातेका पूर्व खेलाडीद्वय विनोद महर्जन र उमेश मल्लले प्रायोजन गरेका हुन् । त्यसका लागि आठौं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका रवि महर्जनले पहल गरेका थिए ।…
पुरा पढौ