खेल संस्था

सलिको मिडिया कप फुटसलको इन्स्योरेन्स पार्टनर

पोखरा-कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा असोज २ गते सुरु हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’को इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) रहेको छ ।सलिकोका पोखरा प्रमुख राजेश केसी र कल्पका अध्यक्ष सुरज श्रेष्ठबीच भएको सम्झौता अनुरुप खेलका दौरान प्रत्येक खेलाडीको बीमा गरिने भएको छ । प्रतियोगितालाई स्वस्थ र सुरक्षित राख्न सलिकोको योगदान रहने भन्दै प्रमुख केसीले कम्पनीको उद्देश्यअनुरुप कल्प मिडियाको सहयोगी बनेको बताए । कुनैपनि खेलमा कम्पनीले सुरुवाति दिनदेखि नै… पुरा पढौ

शास्वत, सुरेन्द्र र आर्यषराज च्याम्पियन

पोखरा-पोखराका आर्यषराज पौडेलले प्रथम पिसिएम कम राष्ट्रिय टेनिस प्रतियोगिताको यु १४ तर्फका उपाधि जितेका छन् । उनले सोमबार पोखरा रंगशाला टेनिस भिलेजमा आयोजित फाईनलमा अभिषेक बयलकोटीलाई ६–१, ७–५ को सेटमा पराजित गर्दै उपाधि जिते । पहिलो सेट सहजै लिदाँ दोस्रो सेट भने टाईब्रेकरमा पुग्यो । गण्डकी प्रदेश टेनिस संघको आयोजना तथा पोखरा कलेज अफ म्यानेज्मेण्टको प्रमुख प्रायोजनमा रहेको प्रतियोगिताको यु १६ तर्फको उपाधि सुरेन्द्र बिकले जिते । उनले फाईनलमा आर्यषराज पौडेललाई ६–३, ६–३ को सेटमा पराजित गर्दै च्याम्पियन बने ।… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल’ हुने

पोखरा-कल्प मिडिया एण्ड मल्टिप्रपोज प्रालिद्वारा संचालित नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोजमा गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता – २०८३’ आयोजना हुने भएको छ । पोखरा रंगशालाको मल्टिपर्पोज खेल मैदानमा असोज २ र ३ गते प्रतियोगिता संचालन हुने मिडियाका अध्यक्ष सुरज श्रेष्ठले जानकारी दिएका छन् । प्रतियोगितामा सहभागी हुन चाहने टोलीले भदौ २० गतेभित्र टिम दर्ता गरािसक्नुपर्नेछ । टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ ।अध्यक्ष श्रेष्ठले दिएको जानकारी अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, शिल्ड, प्रमाणपत्र र… पुरा पढौ

टप अफ दि वर्ल्ड क्लासिक गल्फको पाँचौ संस्करण

धन बस्नेत पोखरा-सर्वाधिक उचाईको गल्फ कोर्षको विश्व कीर्तिमान राख्ने योजनासहित शुरु भएको “टप अफ दि वल्र्ड गल्फ क्लासिक” को पाँचौ संस्करण यही भदौ १५ गतेदेखि शुरु हुदैै छ । ४६४५ मिटरको उचाईमा रहेको मुस्ताङ गल्फ कोर्षमा पाँचौ संस्करणको गल्फ प्रतियोगिता आयोजना हुदैं छ । “टि फर क्लाईमेट” नाम दिइएको छ । जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको प्रत्यक्ष प्रभाव बारे खेलकुदको माध्यमबाट देखाउने र सचेत बनाउने ध्येयसहित मुस्ताङ गल्फ कोर्षले विगत पाँचवर्षदेखि गल्फ प्रतियोगितालाई निरन्तरता दिदैं आएको छ । प्रतियोगिताको निरन्तरताले… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुद मंसिर १६देखि २९ गतेसम्म

पोखरा-चारवर्षपछि राष्ट्रिय खेलकुद प्रतियोगिता हुने सम्भावना देखिएको छ । राष्ट्रिय खेलकुद परिषदले आगामी मंसिर १६ गतेदेखि गतेसम्म आयोजना गर्ने निर्णय गरेको छ । परिषदको १२५ औं बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । २०७९ असोज २६गतेदेखि कार्तिक तीन गतेसम्म पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । नवौं राष्ट्रिय खेलकुुद प्रतियोगिताको समापन समारोहमै दशौं राष्ट्रिय खेदकुद प्रतियोगिताको झण्डा कर्णाली प्रदेश पुर्याइएको थियो । कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर नगरपालिकाको सुर्खेत रंगशालामा आयोजना गर्ने निर्णय भएसँगै… पुरा पढौ

नङ्गशल र रिहानाको जोडी अन्तिम आठमा

काठमाडौं-सिटिजन बैंककी नङ्गशल तामाङ र एपिएफकी रिहाना सेरचनको जोडी लिनिङ्ग १४ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०८३ को अन्तिम आठमा प्रवेश गरेका छन् । सहआयोजक यल स्पोर्टस् एकेडेमीको कभर्डहलमा भएको प्रतियोगितामा तामाङ र सेरचनको जोडीले नेपाल पुलिस क्लबका श्रेया बज्राचार्य र अश्मिता खत्रीको जोडीलाई २१–१५, २३–२१ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेका हुन् । अन्तिम आठमा प्रवेश गर्ने क्रममा चितवनकी सुषमा भुजेल र कास्कीकी दिलाशा रानाको जोडीले आर्मीकी अनुमाया राई र सम्बृद्धि श्रेष्ठको जोडीलाई… पुरा पढौ

क्षितिज, बिष्णु र प्रफुलले सेमिफाईनल पक्का

काठमाडौं-एपिएफका क्षितिज खनाल, पिस फिटनेश क्लबका बिष्णु कटुवाल र नेपाल आर्मीका प्रफुल महर्जन लिनिङ्ग चौधौं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको शिर्ष ८ पुरुष एकल तर्फ सेमिफाईनलमा स्थान पक्का गर्न सफल भएका छन् । समूह ए को लिग खेलमा क्षितिजले दोश्रो जित हात पार्दै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् । क्षितिजले आज भएको लिगको दोश्रो खेलमा नेपाल पुलिसका जीवन आचार्यलाई २१–१३, २३–२१ को जित निकाल्दै सेमिफाईनलमा स्थान पक्का गरेका हुन् । क्षितिजले आफ्नो पहिलो खेलमा नम्बर एक तथा पूर्व बिश्व… पुरा पढौ

सहारा एकेडेमीको सहयोगार्थ समर हाइकिङ

पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको थियो । यो वर्ष भने सहाराले एकविहानको समर हाइकिङको योजना बनाएको छ । आउने शनिबार समर हाइकिङ मार्फत एकेडेमीलाई आर्थिक सहयोग जुटाउने क्लबको योजना छ । त्यही जुटेको सहयोगले एकेडेमीका बालकहरुको उज्वल भविष्य बनाउन खर्च गरिने क्लबले जनाएको छ । पोखरा महानगरपालिका–वडा… पुरा पढौ

ब्रिजेस र कृतन च्याम्पियन

पोखरा-कास्की जिल्ला टेबल टेनिस संघको आयोजनामा प्रत्येक महिनाको तेस्रो शनिबार पोखरा रंगशाला टेबल टेनिसको हलमा जुनियर तथा मेन्स सिंगल टेबल टेनिस लिग प्रतियोगिता सम्पन्न भएको छ । गण्डकी प्रदेश टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशीका अनुसार टेबल टेनिस खेलको विकास र विस्तारको लागि जिल्ला संघले गतवर्षदेखि मासिक रुपमा लिग आयोजना गर्दै आएको छ । साउन तेस्रो शनिबार(१६ गते) आयोजना गरिएको जुनियर यु १५ लिग तर्फको प्रतिस्पर्धामा ब्रिजेस सुनार प्रथम, सनिस बस्नेत द्धितीय र अनमोल गुरुङ र विधान पराजुली तृतीय भएका… पुरा पढौ

स्पोर्टस अवार्डबाट ७ लाख ७१ हजार बचत

पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीले दशौं पोखरा स्पोर्टस अवार्डबाट सात लाख ७१ हजार रुपैयाँ बचत गरेको छ । गत बैशाख ३१ गते पोखराको इभेण्ट सेन्टरमा आयोजित प्रदेशकै उत्कृष्ट स्पोर्टस अवार्डबाट मञ्चले ७ लाख रुपैयाँ बचत गरेको आईतबार सार्वजनिक गर्यो । मञ्चले स्पोर्टस अवार्डबाट विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था तथा व्यक्तिविशेषबाट ३४ लाख ७५ हजार रुपैयाँ आम्दानी गरेको थियो । अवार्ड कार्यक्रममा मञ्चले सत्ताईस लाख रुपैयाँ खर्च गरेको आयव्यय विवरण सार्वजनिक गर्यो । अवार्ड कार्यक्रमलाई विशेष गरी प्रदेश खेलकुद परिषद गण्डकीले… पुरा पढौ