खेल संस्था

हक्की संघको गुनासो, खेल मैदान र सामाग्री अभाव

पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदैं जादाँ खेल संघलाई खेल सामाग्री र खेल मैदानकै पीरलो दोहोरिने गरेको छ ।आगामी मंसिर १७ गतेदेखि २६ गतेसम्म कर्णाली प्रदेशको सुर्खेत रंगशालामा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । युवा तथा खेलकुद मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने आन्तरिक गृहकार्यमा समेत जुटेको छ । यता गण्डकी प्रदेश खेलकुद परिषदले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडी सूचीकृत गर्न निर्देशनसहितको सूचना जारी गरिसकेको छ । खेलाडीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने… पुरा पढौ

गुरुङद्वारा पर्वतीय दौडको प्रथम पुरस्कार प्रायोजन

पोखरा-पर्वत निवासी कुसाङ कुमार गुरुङले पोखरामा आयोजना हुने पर्वतीय दौड तेस्रो संस्करणको प्रथम पुरस्कार प्रायोजन गरेका छन् । गुरुङ मलेसियामा आयोजित माउन्टे किन वालु कल्यमबथनमा ह्याट्रिक गरी ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड राख्न सफल अन्तर्राष्ट्रियस्तरका धावक हुन् । असोज २४ गते आयोजना हुन गइरहेको तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको लागि विभिन्न संस्थाले सहयोगी भूमिकका खेलेका छन् । प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेलाई ५० हजार दोश्रोलाई ३० हजार र तेश्रो हुनेलाई १५ हजार पुरस्कार प्रदान गरिने भएको छ । खुल्ला सहित… पुरा पढौ

भुटानी टोली गण्डकीसँग ८ विकेटले पराजित

कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा सबै विकेट गुमाउँदै ९६ को स्कोर तयार गर्यो । पहिलो ओभरमा दश रन जोड्दै उत्कृष्ट शुरुवात गरेको भुटानी टोलीले दोस्रो ओभरमा खासै रन बनाउन सकेन् ।दोस्रो ओभरको पहिलो बलमा सुवास भण्डारीले पहिलो विकेट निकाल्दै भुटानमाथि दबाव बनाए । यद्यपी तेस्रो ओभरमा भुटानी… पुरा पढौ

असोज अन्तिममा पर्वतमा हाफ म्याराथन

पर्वत -पर्वतमा प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ।दुर्लुङकोट म्याराथन समाजको आयोजनामा ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटको प्रचार तथा युवाहरूलाई खेलकुद र स्वस्थ जीवनशैलीमा जोड्ने उद्देश्यका साथ आगामी असोज ३१ गते म्याराथन आयोजना गर्न लागिएको हो। हिन्दुहरूको महान चाड बडादसैँको अवसर पारेर ूदौडौं स्वास्थ्यका लागि, जोडौं समाजका लागि, दुर्लुङकोट चिनाऔँ, खेलकुदसँग जोडाऔूँ भन्ने मूल नाराका साथ प्रतियोगिता सञ्चालन गर्न लागिएको हो।म्याराथन प्रतियोगिता पर्वतको मोदी गाउँपालिकाको पातिचौरबाट सुरु भइ कुश्मा बजार हुँदै दुर्लुङकोट पुगेर टुंगिनेगरी रुट तय… पुरा पढौ

हर्डल्सको सामान नहुदाँ खेलाडी छनोटमा समस्या

पोखरा-खेलाडीलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि तयारी गर्नुपर्ने छ । तर संघलाई खेलाडीलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि गराउने खेलाडी छनोट कसरी गर्ने भन्ने तनावमा छ । छनोटको लागि आवश्यक खेल सामाग्री अभाव हुदाँ कसरी छनोट गरेर खेलाडी छान्ने पीरलो कास्की जिल्ला एथलेटिक्स संघलाई छ । आगामी मंसिर १७ देखि २६ गतेदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतको विरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा आयोजना हुने छ । त्यसको लागि सरकारले पनि आफनो आन्तरिक गृहकार्य गरेको छ । कुन खेलको कति खेलाडी, प्रशिक्षक एवं… पुरा पढौ

तालमा पानी खेल गतिविध गर्न सहमतिको खाँचो

धन बस्नेत,पोखरा ।साहसिक खेलको पर्याय बनेको पोखरामा अब पानीका खेल सञ्चालन गर्ने नीति पोखरा महानगरपालिकाले लिएको छ । सार्वजनिक नीजि साझेदारी कार्यक्रम अन्तर्गत कास्कीको नौ ताल मध्ये बेगनासलाई पानीको साहसिक खेलको हब बनाउने अभियानमा सहमति र सहकार्य गर्नुपर्ने खाँचो औल्याइएको छ । पोखरा महानगरपालिकाले पोखराको दोस्रो ठूलो ताल बेगनासलाई वाटर स्पोर्टस हब(पानी खेलको केन्द्र) बनाउनुपर्नेमा जोडदिदैं आएको छ । “हामीले चार वर्ष अघि नै बेगनास तालमा वाटर स्र्पोटस हब बनाउने योजना बनाएका थियौं ।” पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले बुधबार… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीलाई फुटसलको उपाधि

पोखरा-पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को उपाधि नेपाल खेलकुद पत्रकार मञ्च (एनएफएसजे)ले जितेको छ । शनिबार पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा आयोजित फाइनलमा एनएफएसजेले नेपाल पत्रकार महासंघ बागलुङलाई २–० गोलले पराजित गरी उपाधि जित्न सफल रह्यो । गण्डकीले नगद ५० हजार रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । साथैं, प्रतियोगिताको सर्वाेत्कृष्ट प्रशिक्षक गण्डकीकै धनबहादुर गुरुङ् (सुमन) घोषित भए । गुरुङ्लाई नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ । उपविजेता बागलुङले नगद ३० हजार रुपैयाँ, शिल्ड,… पुरा पढौ

रोहितलाई सहारा पत्रकारिता पुरस्कार

पोखरा-सहारा क्लब पोखराले प्रदान गर्दै आएको सहारा पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार रोहितराज पराजुलीलाई पुरस्कृत गरेको छ । २८औँ वार्षिक साधारण सभाका अवसरमा मंगलबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङले नगद ३० हजार ५ सय ५५ रुपैयाँ राशि सहित दोसल्ला, सम्मानपत्र सहितको पुरस्कार पराजुलीलाई पुरस्कृत गरिन । फुटबलमार्फत सामाजिक सेवामा सक्रिय सहारा क्लबले खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारलाई प्रोत्साहन गर्न हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ । क्लबले २०६३ सालमा स्थापना गरेको यो पुरस्कार… पुरा पढौ

लामालाई अगष्ट मन्थ्ली मेडल गल्फ

पोखरा-युवा गल्फर दिप्सन लामा अगष्ट महिनाको मन्थ्ली मेडल गल्फ च्याम्पियन बनेका छन् । शनिबार पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षको पार ६९ को कोर्षमा स्टेबल फोर्ड थ्री फोर ह्याण्डीक्याप खेलाईएको प्रतिस्पर्धामा लामाले २९ स्कोरसहित उपाधि उचाल्न सफल भए । २६ प्वाईन्ट जोडेका बद्री राई भने उपविजेता बने । उनी काउण्ट ब्याकमा उपविजेता बन्न सफल भएका हुन् । विजेता गल्फरलाई कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङ तथा गोर्खा हिल युकेका प्रोप्राईटर चन्द्र गुरुङले पुरस्कार प्रदान गरेका थिए । पुरा पढौ

मिडिया कपलाई हिमश्रीको सहयोग

पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने प्रतित्रद्धता जनाउँदै प्रतियोगिताको सफलताको कामना गरेका छन् । हिमश्री पोखरामा आयोजना हुने कुनैपनि खेल प्रतियोगिताको सहयोगी रहने बताउँदै निर्देशक केसीले पहिलोपटक हुन लागेको प्रदेशस्तरीय मिडिया कपलाई पनि साथ सहयोग रहने जनाएका छन् । कल्पका अध्यक्ष सुरज श्रेष्ठले देशकै प्रतिष्ठित फुड कम्पनीको सहयोगप्रति… पुरा पढौ