खेल संस्था

पारा खेलाडी स्विकृतीलाई चौथो स्थान

काठमाडौं-पारा टेबल टेनिस खेलाडी स्विकृती न्यौपानेले काठमाण्डौमा आयोजना भएको प्रथम नेशनल ओपन ईन्क्लुसिभ टेबल टेनिस टुर्नामेन्टमा चौथो स्थान हात पार्न सफल भएकी छिन् ।बिश्व टेबल टेनिस डे को अवसरमा आयोजित प्रतियोगितामा पारा खेलाडी स्विकृती सवल खेलाडीहरुको माझबाट चौथो स्थान हात पार्न सफल भएकी हुन् । प्रतियोगितामा पहिलो स्थान एपिएफका राजीव चिकबन्जारा, दोश्रो र तेश्रो स्थानमा स्थानमा नक्साल टेबल टेनिस क्लबका रक्त चन्द्र मानन्धर र धर्म राज थापा रहे । राष्ट्रिय शारीरिक अपाङ्गता टेबल टेनिस संघका उपाध्यक्ष लक्ष्मण नेपालीको पहलमा राष्ट्रिय… पुरा पढौ

गण्डकी हिरोजलाई केपी ओली टी-२० क्रिकेट उपाधि

पोखरा-गण्डकी हिरोजले घरेलु मैदानमा दोस्रो संस्करणको केपीओली टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लबस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरामा रंगशाला क्रिकेट मैदानमा शनिबार भएको प्रतिस्पर्धामा करिण ठगुन्नाको अर्धशतकीय पारीमा काठमाडौंको सिईसीलाई पराजित गर्दै उपाधि जित्यो । टस जितेको काठमाडौंले १८२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । ओपनर अर्जुन कुमाल शून्यमै पवेलियन फर्किएपछि तनाबमा देखिएको गण्डकी हिरोजको इनिङलाई किरणले सम्हाल्दै जितको आधार तयार पारिदिए । किरणले ५२ रन बनाउने क्रममा २६ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गरे ।… पुरा पढौ

विभागीय क्लबको बर्चस्व

पोखरा-त्रिभुवन आर्मीका धावक मुकेशबहादुर पालले व्यक्तिगत दोस्रो स्वर्ण जितेका छन् । उनले शनिबार पोखरा रंगशालामा भएको ५ हजार मिटर दौडमा स्वर्ण पदक जितेका हुन् । उनले दौडलाई १४ मिनेट २८.२ सेकेण्डले पुरा गर्दै स्वर्ण पदक आफनो लेखाएका हुन् । त्यसैगरी आर्मीकै गणेशसिंह रावतले १४ मिनेट ५२.४ सेकेण्डको समयमा पुरा गर्दै रजत पदक जिते । हिमालयन एलिट्सका मिङ्मारसिंगी तामाङले १४ मिनेट ५७.९ सेकेण्डमा पुरा गर्दै कास्य पदक प्राप्त गरे । महिला तर्फको सोही प्रतिस्पर्धामा आर्मीकी पूर्णलक्ष्मी न्यौपानले स्वर्ण पदक जितिन् ।… पुरा पढौ

पोखरामा राखेको कीर्तिमान पोखरामै बनाए नयाँ कीर्तिमान

पोखरा-त्रिभुवन आर्मी क्लबका सलिम देवानले लङजम्पमा पोखरामा राखेको कीर्तिमान पोखरामै तोडेर नयाँ कीर्तिमान कायम गरेका छन् । जिल्ला एथलेटिक्स संघ कास्कीको आयोजनामा शुक्रबार शुरु भएको पोखरा ओपन एथलेटिक्स मिट २०२५ को पहिलो दिन देवानले आफनै नाममा राखेको कीर्तिमानमा सुधार गरेका हुन् । देवानले पोखरामा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा राखेको ७.०६ मिटर जम्प गर्दै राखेको कीर्तिमानलाई उनले पोखरामै कीर्तिमान भंग गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । पोखरामा आयोजित राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा लङजम्प तर्फ उनले पहिलो जम्प गर्ने क्रममा ७.१० मिटर… पुरा पढौ

पोखरामा प्रथम एलिट भलिबल कप सुरु

पोखरा-पोखरामा प्रथम एलिट भलिबल कप सुरु भएको छ। एलिट भलिबल एकेडेमी पोखराको आयोजनामा पोखरा(३ नदिपुरमा उक्त प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष धोजकुमार गुरुङले गरे । पहिलो दिन पुरुषतर्फ आयोजक एलिट एकेडेमी र महिलातर्फ पिएन क्याम्पसको टोली विजयी भए । एलिट एकेडेमीले श्रीकृष्ण दल गणलाई ३(२ को सेटले पराजित गर्न सफल भयो ।महिलातर्फ महेन्द्र माध्यमिक विद्यालयको टोलीलाई ३-० को सोझो सेटमा पराजित गर्दै पिएन क्याम्पस सेमिफाइनलमा प्रवेश गर्‍यो । प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने… पुरा पढौ

पुरुष १५ सय मिटरमा आर्मीको क्लिन स्वीप

पोखरा-जिल्ला एथलेटिक्स संघ कास्कीको आयोजनामा पोखरा रंगशालमा आजदेखि शुरु भएको पोखरा ओपन एथलेटिक्स मिटको पहिलो दिनमा कास्कीले स्वर्ण पदक जितेको छ । महिला तर्फको १५ सय मिटर दौडमा कास्की नारायणी भण्डारीले चार मिनेट ५४.२ सेकेण्डमा दौड पुरा गर्दै स्वर्ण दिलाईन् । नेपाल पुलिस क्लबकी धाविका सुमित्राकुमारी चौधरी दोस्रो बनिन् । उनले रजत पदक जित्ने क्रममा ४ मिनेट ५८.८ सेकेण्डको समय लगाईन् । सशस्त्र प्रहरी बलकी आशा रावत भने तेस्रो स्थानमा रहिन् । उनले ५ मिनेट ०३.८ सेकेण्डमा दौड पुरा गरिन्… पुरा पढौ

तेस्रो एबिसी भेट्रान्स कप रनिङ शिल्डको उपाधि हेटौडालाई

पोखरा-तेस्रो एबिसी भेट्रान्स ४५ वर्षमाथि एट ए साइड भेट्रान्स कप रनिङ शिल्डको उपाधि हेटौंडा भेट्रान्सले हात पारेको छ । अमरसिंह ब्वाइज क्लबले आयोजना बिहिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा हेटौंडा भेट्रान्सले रुपन्देही ११ लाई २ – ० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । उपाधि संगै हेटौंडाले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्राप्त गरे । उपबिजेता रुपन्देही ११ ले नगद ७७ हजार ७ सय ७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल… पुरा पढौ

वर्ष उत्कृष्ठ संस्था विधाको प्रायोजन निट डेन्टल

पोखरा-नवौं संस्करणको ‘पोखरा स्पोर्टस् अवार्ड २०८१’ को मिति नजिकिँदै गर्दा अवार्डलाई सहयोग आउने क्रम जारी रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बैशाखमा हुने अवार्डको वर्ष उत्कृष्ट खेलकुद संस्था विधाको प्रायोजन निट डेन्टल एण्ड केयरले गर्ने भएको छ । पोखराको महेन्द्रपुल मेडिकललाईनमा रहेको डेन्टलका सञ्चालक बिरेन राना र खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । मञ्चले अवार्डमा गण्डकी प्रदेशको एक उत्कृष्ट संस्थालाई नगद ३५ हजारसहित सम्मान गर्दै आएको छ । खेलकुद… पुरा पढौ

पोखरेली एथलेटिक्सका नक्षत्र

धन बस्नेत-पोखरा सफलता त्यसै प्राप्त हुदैन् । त्यसको लागि त्याग र तपस्या चाहिन्छ । कडा मेहनत गर्नुपर्छ । संघर्षका पाईला अगाडि बढाउनुपर्छ । अनि उचाईको सिंढी चढ्न सकिन्छ । कडा मेहनत र संघर्षले सफलताको शिखरमा पुर्याउँछ तर त्यसको लागि धैर्यता पनि चाहिन्छ । खेलकुद आफैंमा पनि संघर्ष हो । संघर्ष मात्रै होईन्, धैर्यता र लगनशिलता चाहिन्छ । लगातारको संघर्ष र लगनशिलताले मात्रै सफलताको पाईला चुमिन्छ । शून्यबाट उचाईमा पुग्नु आफैंमा चुनौतिपूर्ण हुन्छ । चुनौतिलाई पार गर्दै उचाईमा पुग्नु सफलताको कडी… पुरा पढौ

भोलिदेखि पोखरा ओपन एथलेटिक्स मिट

पोखरा-पोखराको खेलकुद इतिहासमै पहिलो पटक कास्की जिल्ला एथलेटिक्स संघले पोखरा ओपन एथलेटिक्स मिट २०८१को तयारीमा जुटेको छ । भोलि बिहीबारदेखि शुरु हुने ट्रयाक एण्ड फिल्डको १२ इभेण्टमा देशभरका उत्कृष्ट एथलिटहरुले प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । ट्रयाक तर्फ ६ र फिल्ड तर्फ ६ गरी १२ विधामा महिला तथा पुरुष एथलिटहरुले प्रतिस्पर्धा गर्ने छन् । राष्ट्रिय प्रतियोगितापछि संघले आयोजना गरेको यो पहिलो राष्ट्रियस्तरको प्रतिस्पर्धा हो । यो प्रतिस्पर्धाले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्व तयारीको लागि समेत लिईएको छ… पुरा पढौ