खेल संस्था

आर्मीमाथि गण्डकीको रोमाञ्चक जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो तथा अन्तिम खेलमा गण्डकीले आर्मीमाथि ३–१ को रोमाञ्चक जित निकालेको हो । निकै प्रतिष्पर्धात्मक भएको पहिलो र तेस्रो सेट गण्डकीले समान ३३–३१ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेटमा आर्मी हाबी हुँदै २५–१५ को जित निकाल्यो । चौथो सेटमा गण्डकीले २५–१९ ले जित निकाल्दै खेलमा आफ्नो पक्षमा पा¥यो । च्याम्पियनसिपमा गण्डकीले दोस्रो जित दर्ता… पुरा पढौ

माल्दिभ्समाथि एपीएफको सहज जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा सशस्त्र प्रहरी बल ९एपीएफ० ले माल्दिभ्स भलिबल एसोसियसनमाथि सहज जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा पुरुषतर्फ एपीएफले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो । च्याम्पियनसिपमा एपीएफले दोस्रो जित निकाल्दा माल्दिभ्सले भने लगातार तेस्रो हार बेहोरेको छ । अब आजको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी… पुरा पढौ

टाइगर कपमा तेस्रो हारसँगै फाइनल दौडबाट बाहिरियो आर्मी

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ त्रिभुवन आर्मी क्लबले लगातार तेस्रो हार बेहोर्दै फाइनल दौडबाट बाहिरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा आर्मी सशस्त्र प्रहरी बल एपीएफसँग ३–० को सोझो सेटमा पराजित भयो । आर्मी पहिलो खेलमा न्यू डायमण्ड स्पोट्र्स क्लब र दोस्रो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । अब आर्मीले अन्तिम खेल भोलि थाइल्याण्ड क्विन्ससँग भिड्नेछ । सोमबार बिहान भएको खेलमा आर्मीविरुद्ध एपीएफले पहिलो सेट २५–११, दोस्रो सेट… पुरा पढौ

गोरखा हिल युके क्याडिज गल्फको पुरस्कार सुनारलाई

पोखरा-गोरखा हिल युकेको मुख्य प्रायोजनामा आईतबार हिमालयन गल्फ कोर्षमा आयोजित क्याडिज गल्फ प्रतियोगिताको उपाधि सुशिल सुनारले जितेका छन् । १८ होलको पार ६९ को कोर्षमा सुनारले चार ओभर ७३ को स्कोरसहित च्याम्पियन बनेका हुन् । उनले नगद पुरस्कार ५ हजार प्राप्त गरे । एक स्ट्रोकले पछि परेका समीर गुरुङ दोस्रो स्थानमा चित्त बुझाए । उनले तीन हजार नगद प्राप्त गरे । सन्दीप सुनार भने ७९ स्कोरसहित तेस्रो स्थानमा रहे । उनले दुईहजार रुपैयाँ पुरस्कार प्राप्त गरे । समूह बी अन्तर्गतको… पुरा पढौ

पर्वत भलिबल संघको लगातार दोस्रो जित, एपीएफ पराजित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा पर्वत जिल्ला भलिबल संघले लगातार दोस्रो जित दर्ता गरेको छ ।पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको तेस्रो खेलमा पुरुषतर्फ पर्वत भलिबलले सशस्त्र प्रहरी बल ९एपीएफ० लाई ३–१ को सेटमा पराजित गर्दै दोस्रो जित दर्ता गरेको हो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको पर्वतले दोस्रो सेट २१–२५ ले एपीएफलाई सुम्पिएको थियो । त्यसपछिका दुई सेटमा पुनरागमन जित निकाल्दै पर्वतले जित सुनिश्चित ग¥यो । पर्वतले तेस्रो सेट २५–१९ र चौथो… पुरा पढौ

पुलिसमाथि थाइल्याण्ड क्विन्सको पुनरागमन जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्याण्ड क्विन्सले पुनरागमन जित निकालेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको दोस्रो खेलमा थाइल्याण्ड क्विन्सले नेपाल पुलिस क्लबलाई पाँचौं सेटमा पराजित ग¥यो । पहिलो दुई सेट गुमाएको थाइल्याण्डले पछिल्ला तीन सेटमा उत्कृष्ट पुनरागमन गर्दै जित दर्ता गर्न सफल भयो । पुलिसले पहिलो सेट २५–२२ र दोस्रो सेट २५–२० ले जित निकालेको थियो । तर, त्यसपछिका सेटमा पुलिस सम्हालिन सकेन । थाइल्याण्डले तेस्रो सेट २५–२३, चौथो सेट २५–१४… पुरा पढौ

एपीएफमाथि न्यू डायमण्डको सहज जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा न्यू डायमण्ड स्पोट्र्स क्लबले सहज जित दर्ता गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आजको पहिलो खेलमा महिलातर्फ न्यू डायमण्डले विभागीय टोली सशस्त्र प्रहरी बल ९एपीएफ० माथि ३–० को सोझो सेटको जित दर्ता गरेको हो । न्यू डायमण्डले पहिलो सेट २५–१७, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पा¥यो । खेलको प्लेयर अफ द म्याच न्यू डायमण्डकी सुमित्रा रेग्मी घोषित भइन् । न्यू डायमण्डको यो लगातार… पुरा पढौ

होराईजन आदर्श कपको अन्तिम चारमा

पोखरा-आयोजक आदर्श क्लबको यात्रा पहिलो खेलबाटै टुगिदा वालिङको होराईजन क्लब भने अन्तिम चारमा प्रवेश गरेको छ । २६ औं आदर्श कप अन्तर्गत शनिबार भण्डारढीक खेल मैदानमामा भएको प्रतिस्पर्धामा होराईजनले आयोजको चुनौतिलाई १–० गोलले पन्छायो । होराइजनका विश्व थापाको गोल निर्णायक बन्यो । उनले खेलको ८१ औ मिनेटमा गरेको गोलले होराईजनलाई अन्तिम चारमा प्रवेश पर्याप्त बन्यो । आयोजक भने निराश बन्न पुग्यो । विश्व थापा म्यान अफ द म्याच बन्न सफल भए । आदर्श युवा क्लवको आयोजनामा माघ ९ गतेदेखि १६… पुरा पढौ

गण्डकीले सोझो सेटमा जित्दा पर्वतको रोमाञ्चक जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएनमाथि शानदार जित निकालेको छ । टाईगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा गण्डकीले माल्दिभ्समाथि ३–० को शानदार जित दर्ता गराएको हो । गण्डकीले पहिलो सेट २५–१३, दोस्रो सेट २५–१४ र तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पा¥यो । पहिलो खेलमा सशस्त्र प्रहरी बल एपीएफसँग ३–१ को सेटमा पराजित भएका गण्डकीले प्रतियोगितामा पहिलो जित निकालेको हो । माल्दिभ्सले… पुरा पढौ

थाइल्यान्ड क्विन्समाथि एपीएफको रोमाञ्चक जित

पोखरा-छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ थाइल्यान्ड क्विन्समाथि सशस्त्र प्रहरी बल ९एपीएफ० ले रोमाञ्चक जित निकालेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा जारी च्याम्पियनसिपअन्तर्गत शनिबार भएको दोस्रो खेलमा एपीएफले थाइल्यान्ड क्विन्समाथि ३–२ को रोमाञ्चक जित निकालेको हो । पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको एपीएफले तेस्रो र चौथो सेट थाइल्यान्डलाई सुम्पियो । थाइल्यान्डले तेस्रो सेट २५–२२ र चौथो सेट २५–२३ को रोमाञ्चक जित निकाल्दा खेल… पुरा पढौ