खेल संस्था

१४ वर्षपछि जावलाखेल फाईनलमा

धन बस्नेत/कास्की उपहार गोलसँगै जावलाखेल युथ क्लब १४ वर्षपछि आहा रारा पोखरा गोल्डकपको फाईनल यात्रा तय गरेको छ । २०६८ सालमा फाईनल यात्रा तय गरेको जावलाखेल युथ क्लबले पोखराको मैदानमा बिहीबार पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १—० गोलले पराजित गर्दै उपाधि निकट पुगेको हो । १४ वर्ष अघि फाईनलमा मनाङ मस्र्याङ्दी क्लबसँग पराजित हुदैं उपाधि विमुख भएको जावलाखेलले उपाधिको लागि सहारा क्लबसँग शनिबार प्रतिस्पर्धा गर्ने छ । खेलको ५२ औं मिनेटमा जावलाखेललाई भाग्यले साथ दियो । कुसान गानिजानोभले आत्मघाती… पुरा पढौ

सडन डेथको भाग्यसँगै सहारा फाईनलमा

धन बस्नेत/कास्की सडन डेथमा फेरी एकपटक भाग्य चम्किदाँ सहारा क्लब नौ वर्षपछि आहा रारा पोखरा गोल्डकपको उपाधि निकट पुगेको छ । पोखराको मैदानमा निकै भाग्यमानी क्लबको रुपमा दरिएको मनाङ मस्र्याङ्दी क्लब बुधबार अभागी बन्ने क्रममा सहारा क्लबसँग सडन डेथमा पराजित हुन पुग्यो । निर्धारित र थपिएको अतिरिक्त समयमा दुवै टोलीले गोलरहित टुग्याएका थिए । पेनाल्टी सुटआउटमा पनि बराबरी भएपछि निर्णय सडन डेथमा पुग्यो । सडन डेथमा सहाराका कप्तान शुशिल लामाको प्रहार गोल(७—६) भएपछि चौथो पटक फाईनल यात्रा तय गर्यो ।… पुरा पढौ

एन्फाको अर्ली इलेक्सनमा कास्कीलाई मताधिकार

पोखरा-यही फागुनको आन्तिम साता अखिल नेपाल फुटबल संघ(एन्फा)को अर्ली इलेक्सन(अगाडि चुनाव)हुदैै छ । चुनावी सरगर्मी बढिरहेकै बेला जिल्ला फुटबल संघले पनि मताधिकारको लागि लबिङ शुरु भईसकेको छ । एन्फाको अर्ली इलेक्सन यही फागुन २७ गते झापामा हुने छ । माघ अन्तिम साता तय भएको चुनाव एकमहिना पछि सरेको हो । गण्डकी प्रदेशमा ८ जिल्ला छन् । ८ जिल्ला मध्ये ६ जिल्लाले मात्रै चुनावमा मताधिकार पाउँछन् । तनहुँ र लमजुङ मताधिकार दौडबाट बाहिरिएका छन् । चार वर्ष अघि गोरखा र कास्कीले… पुरा पढौ

उज्वेकिस्तानी टोली आभा क्लब गोल्डकपको सेमिफाईनलमा

पोखरा-३५ यार्डबाट हानेको बल सिधै पोष्ट भित्र छिरेपछि उज्वेकिस्तानको आभा फुटबल क्लब आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल प्रवेशसँगै समीकरण पुरा गरेको छ । मुखाममाद्कोडिर रखिमबेरगनोभको दर्शनीय गोलमा पाहुना टोलीले जित आत्मसात गर्यो । पोखराको मैदानमा दोस्रो पटक उपस्थिति जनाएको उज्वेकिस्तानी टोलीले मंगलबार प्लानिङ ब्वाईजलाई १—० गोलले पराजित गर्दै गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको हो ।खेलको ५६ औं मिनेटमा रखिमवेरगनोभले ३५ यार्डबाट हानेको बल सिधै पोष्टभित्र छिरेको थियो । जुन प्रतियोगिताकै उत्कृष्ट गोल रह्यो । दुई दिन अघि मात्रै पोखरा आईपुगेको… पुरा पढौ

मनाङ आहारारा पोखरा गोल्डकपको अन्तिम चारमा

पोखरा-अतिरिक्त समयको पहिलो हाफको इन्जुरीमा गोल निकाल्दै मनाङ मस्र्याङ्दी क्लब २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गर्दा पाहुना टोली नर्थ थण्डरबोल्ट युनाईटेड सिक्किम बिदाई भएको छ । अभागी बनेकोे सिक्केमी टोली निराशसँगै असन्तुष्ट हुदैं गोल्डकपको यात्राबाट विट मार्यो । पोखराको मैदानमा मनाङ मस्र्याङ्दी फेरी एक पटक भाग्यमानी बन्यो । अतिरिक्त समयको इन्जुरी समयमा गोलको खडेरी तोड्दै आहा रारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गर्यो । निर्धारित समयमा दुवै टोलीले गोल रहित खेले । पहिलो हाफको इन्जुरी… पुरा पढौ

विद्यालय ब्याडमिन्टन प्रतियोगितामा दिलिसालाई दोहोरो उपाधि

पोखरा-यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा रानाले पोखरामा अन्तर विद्यालय ब्याडमिन्टन प्रतियोगिता २०८२ मा दोहोरो उपाधि जितेकी छन् । मदरल्याण्ड सेकेण्डरी स्कुलकी रानाले यू—१७ र यू—१९ छात्रा उमेर समुह तर्फ प्रथम हुदै दोहोरो उपाधि जित्न जितिन् । मैत्रिय पाठशालाकी यू—१५ राष्ट्रिय च्याम्पियन निभा राई रानासंग फाइनल खेलमा पराजित हुदै दुबै विधामा दोश्रो हुनु भएको हो । यू—१७ तर्फ छात्रा तर्फ ग्यालेक्सी पब्लिक स्कूलका रिहाना शेरचन र अजरेन्का शेरचन तेश्रो बन्न सफल भए । त्यसै गरी यू—१९ छात्रा तर्फ ग्यालेक्सी पब्लिक स्कूलकी रिहाना… पुरा पढौ

जावलाखेल अन्तिम चारमा

पोखरा-जवलाखेलले अन्तिम चारमा प्रवेश गर्दा अपी पावर चर्च ब्वाईजलाई पोखराको मैदानमा ३—० गोलले पन्छायो । पोखराको मैदानमा मौसम चिसो थियो । तर जावलाखेलले पोखराको मैदानमा अन्तिम चारमा प्रवेश गर्दै न्यानोपनको अनुभूति गर्यो । सहारा क्लबको आयोजनामा आईतबार भएको प्रतिस्पर्धामा पहिलो हाफ दुवै तर्फबाट गोलरहित टुंगियो । तर दोस्रो हाफ शुरु भएको केही मिनेटमै चर्च ब्वाईजले गोलको सामना गर्दै पछि पर्यो । जावलाखेलले ४८ औं मिनेटमा गोल गर्दै अग्रता दिलाउने क्रममा चर्चका गोलकिपर दिप कार्कीको गल्तीलाई उपयोग गर्यो । कार्कीको हातको… पुरा पढौ

विद्यालयस्तरीय व्याडमिन्टनको फाईनल आज

पोखरा-पाँचौँ खुल्ला राष्ट्रिय मोहन मेमोरियल अन्तरविद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८२ को फाइनल खेल हुदैं छ । प्रतियोगिता अन्र्तगत आइतबार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलहरू सहित समापन हुने भएको प्रतियोगिताका संयोजक बरदान ताङवे लामाले बताए । यू—१५ राष्ट्रिय च्याम्पियन निभा राई, यू–१७ राष्ट्रिय च्याम्पियन दिलासा राना, विराट बस्नेत, आश्रुर्ति कार्की, सक्षम गुरुङ, सुरेस राजकोटी र अजेरेन्का शेरचन लगायतका चर्चित खेलाडीहरूले आ–आफ्नो उमेर समूहमा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्नु भएको उहाँले जनाउनु भयो । आइतबार फाइनल खेलहरु सहित समापन हुने भएको… पुरा पढौ

सडन डेथमा सहाराको भाग्य

पोखरा-सडन डेथमा सहारा आहारारा पोखरा गोल्डकपको अन्तिम चारमा प्रवेश गर्दा नेपाल पुलिस क्लब पोखराको मैदानमा अभागी बन्यो । धिरेन्द्र शाहको पेनाल्टीलाई सहाराका गोलकिपर टिकेन्द्र थापाले रोकेपछि सहारा आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल पुग्ने पहिलो टोली बन्यो । निर्धारित र अतिरिक्त समयमा दुवैले एक एक गोलको बराबरीमा टुग्याए । सहाराको भाग्य पेनाल्टीमा लेखियो । दोस्रो हाफ लगत्तै दबावमा परेको सहाराले खेलको ६१ ऋौं मिनेटमा बराबरी गोल गर्दै खेलमा फर्किएको थियो । पेनाल्टी सुटआउटमा समेत बराबरी भएपछि खेल सडन डेथमा पुग्यो ।… पुरा पढौ

प्लानिङसँग फ्रेण्ड्स पराजित

पोखरा-पहिलो सहभागिता, उत्कृष्ट प्रदर्शन । प्लानिङ ब्वाईजले फ्रेण्ड्स क्लबलाई ४—० गोलले पराजित गर्दै आहारारा पोखरा गोल्डकपको अन्तिम आठमा प्रवेश गर्यो । पोखरा रंगशालामा शुक्रबार भएको प्रतिस्पर्धामा पहिलो सहभागिता उत्कृष्ट बनाउने क्रममा फ्रेण्ड्सको चुनौति सजिलै पन्छायो । ९० मिनेटमा खेलमा विदेशी खेलाडीले ह्याट्रिक पुरा गरे । जुन प्रतियोगिताको पहिलो ह्याट्रिक हो । फ्रेण्ड्स क्लबको दुर्भाग्य २४ औं मिनेट बन्न पुग्यो । पेनाल्टी बक्सभित्र ह्याण्ड भएपछि पाएको पेनाल्टीलाई प्लानिङका विदेशी खेलाडी एलेक्स विलियनले गोल गर्दै अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा… पुरा पढौ