खेल संस्था

पच्चीस वर्षे यात्रामा ५५ क्लबको सहभागिता

धन बस्नेत/पोखरा सहारा क्लबले गोल्डकप आयोजनाको पच्चीसौं वसन्त पार गर्यो । पच्चीस वर्षको यो रजत वर्षमा नेपाली र विदेशी क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्यो । दुई पटक उपाधि विदेशिदाँ बाँकी सँस्करण भने स्वदेश भित्रै रह्यो । अफ्रिकन युनाईटेड र ब्ल्याक बुल्स उज्वेकिस्तानले जित्दा उपाधि विदेशिन पुग्यो । क्याराभान गोल्डकप ०५८ सालमा शुरु गरेको थियो । त्यसपछि क्लबलाई हौसला थप्यो हिमश्री फुड्स प्रालिले । हिमश्री फुड्स प्रालिले मुख्य प्रायोजन गरेसँगै सहाराले गोल्डकप यात्रालाई ०८२ सालको पच्चीसौं संस्करणलाई विट मार्यो । यो… पुरा पढौ

प्रशिक्षक शून्यता उन्मुख

पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा छ खेलकुद । मिति तय भईसकेको छैन् । मिति घोषणा पछि नियमित प्रशिक्षणको खाँचो छ । प्रशिक्षणको लागि प्रशिक्षकको अभाव छ । स्वयं सेवक प्रशिक्षककै भरमा पदकको आशा गर्नुपर्ने बाध्यता छ ।खेलकुदको शहर पोखरा । पोखराको खेलकुद खस्किदै गएको छ । खस्किनुको मुख्य कारण प्रशिक्षणको अभाव । प्रशिक्षक नै छैनन् । जिल्ला खेलकुद विकास समिति कास्कीका अब केव दुई प्रशिक्षक मात्रै छन् । सितेरियो कराँते र शारीरिक सुगठनको । ती बाहेक अन्य खेलका प्रशिक्षक भने… पुरा पढौ

प्रतिक्षा दशौं राष्ट्रिय खेलकुद

पोखरा-निर्वाचन सकिएसँगै मतपरिणाम पनि अन्तिम चरणमा छ । समानुपातिक मतगणनाको परिणाम आएसँगै निर्वाचन प्रक्रिया पूर्णत सकिन्छ । नयाँ सरकार गठन हुने छ । नयाँ सरकार गठनसँगै खेलाडीको आशा सर्दै गएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय हुने छ ।कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित बीरेन्द्रनगर नगरपालिकामा निर्मित रंगशालाले विभिन्न खेलका एथलिटलाई स्वागत गर्न आतुर छ । चार पटक मिति सरेर पनि अन्यौलपूर्ण बन्दै गएको खेलकुद प्रतियोगिता अब भने स्थायी सरकार गठनसँगै प्रतियोगिता सजह रुपमा हुने छ । प्रतियोगिताको लागि आवश्यक बजेट विनियोजन… पुरा पढौ

राईलाई फेब्रुअरीको मन्थ्ली मेडल गल्फ

पोखरा-फेब्रुअरी मन्थ्ली मेडल गल्फको उपाधि क्याप्टेन हरी राईले जितेका छन् । शनिबार पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा उनले ४३ स्कोरसहित उपाधि जित्न सफल भए । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा भएको प्रतिस्पर्धमा राईले ७ अण्डरको स्कोरसहति उपाधि जित्न सफल भए । चार अण्डर ४० सहित कलम सुवेदी उपविजेता बन्न सफल भए । त्यस्तै मेजर विजय मोक्तान काउण्ट व्याकमा तेस्रो स्थानमा चित्त बुझाए । ग्रस तर्फको पुरस्कार भने क्याप्टेन बद्री राईले जितेका छन् । लङगेष्ट ड्राईभ हिर्काउँदै इन्स्पेक्टर जीवाराम गुरुङले… पुरा पढौ

सहारा एकेडेमीमा फ्लडलाइट जडान

पोखरा-आहारारा पोखरा गोल्डकपको पच्चीसौं सस्करणको उदघाटन खेल कृत्रिम प्रकाशमा खेलाउने सपना पुरा हुन सकेन् । तर सहारा एकेडेमीमा भने एकेडेमीमा रहेको बाल खेलाडीलाई रात्रीकालिन प्रशिक्षण समेत हुने छ । सहारा क्लबका संस्थापक कोषाध्यक्ष तथा सहारा यूकेका संस्थापक महासचिव रामचन्द्र गुरुङ र पूर्व कोषाध्यक्ष एवं उहाँकी धर्मपत्नी उमादेवी गुरुङको सहयोगमा सूर्यबहादुर केसी स्मृति आवासीय फुटबल एकेडेमीमा फ्लडलाइट जडान गरिएको छ । बत्ती जडानले रात्रीकालिन प्रशिक्षणमा समेत सहज हुने विश्वास क्लबले लिएको छ । एकेडेमीमा रहेका बालकहरूको फुटबल खेल विकास तथा रात्रिकालीन… पुरा पढौ

लेखनाथ रङ्गशाला निर्माण चुनावी एजेण्डा

लेखनाथ-पोखरा रंगशालाको बैकल्पिक रंगशालाको रुपमा हेरिएको लेखनाथ रंगशाला यतिबेला चुनावी एजेण्डा बनेको छ । हरेक वर्ष भौतिक पूर्वाधार तथा मैदान स्तरोन्नति गर्न माग गर्दै आएका छन् । चासो भने कसैले दिएका छैनन् । अहिले चुनावी सरगर्मी बढिरहेकै बेला नेपाली काँग्रेकाका उम्मेदवार तिलक रानाभाटले रंगशाला निर्माण आफनो चुनावी एजेण्डासहित अघि बढेका छन् । मैदानको स्तरोन्नति गर्नुपर्ने खाँचो छ । मैदानकै उत्तर तर्फ बहुउदेश्यीय कभर्ड हल आर्थिक अभावमा अलपत्र परेको छ । तर स्थानीय, प्रदेश र संघीय सरकारले पनि कभर्ड हल र… पुरा पढौ

आमन्त्रित महिला फुटबलमा म्याग्दी च्याम्पियन

पोखरा-शिव बस्ती सिप्लेनीतरा युवा क्लबको आयोजनामा तथा पोखरा महानगरपालिका–३३ को संरक्षकत्वमा सम्पन्न प्रथम बागमारा आमन्त्रित महिला फुटबल प्रतियोगिताको उपाधि म्याग्दी जिल्ला महिला फुटबल संघ ले जितेको छ । फाइनल खेलमा म्याग्दीले कपिलवस्तु महिला फुटबल संघ लाई १–० गोल अन्तरले पराजित ग¥यो । खेल सुरु भएको पहिलो मिनेटमै वर्षा ओलीले गरेको गोल नै निर्णायक बन्यो । खेलाडीसम्बन्धी विवादका कारण ढिला सुरु भएको फाइनल समयाअभावका कारण १०–१० मिनेटको हाफमा खेलाइएको थियो । विजेता टोलीले नगद रु १ लाखसहित शिल्ड र प्रमाणपत्र प्राप्त… पुरा पढौ

जलजला पर्वतलाई बास्केटबलको उपाधि,घोडा दौडमा विवेक पुन प्रथम

पोखरा-कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ ।घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड ९घान्द्रुक०को संयुक्त आयोजनामा बुधबारदेखि सुरु भएको महोत्सवको शनिबार सकिएको हो । महोत्सवको अवसरमा आयोजित राष्ट्रव्यापी अन्तरपालिका खुल्ला पुरुष बास्केटबल प्रतियोगिताको उपाधि जलजला गाउँपालिका पर्वतले जितेको छ । फाइनल खेलमा जलजला गाउँपालिका पर्वतले अन्नपूर्ण गाउँपालिका म्याग्दीलाई ६५–६१ स्कोरले पराजित गरेको हो । विजेता जलजला पर्वतले १ लाख ६६ हजार ६ सय ६६, उपविजेता अन्नपूर्ण म्याग्दीले १ लाख ११ हजार १… पुरा पढौ

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता !, धमाधम छनोट प्रतियोगिता

पोखरा-सन्दर्भ दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता । मिति २०८२ फागुन १ देखि ७ गतेसम्म । स्थान सुर्खेत रंगशाला बीरेन्द्रनगरनगरपालिका ।राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको अन्तिम मिति हो । तर स्थगित भएको सूचना बाहिर आएन् । आयोजना गर्ने जिम्मेवार निकाय राष्ट्रिय खेलकुद परिषद यतिबेला मौन छ । नियमन निकाय युवा तथा खेलकुद मन्त्रालय मन्त्री विहीन छ । ६ महिनाको लागि मन्त्री बनेका बब्लु गुप्ताले पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भन्दै मिति तय गरे । घोषित मितिमा प्रतियोगिता आयोजना गर्ने जमर्को गरियो… पुरा पढौ

ह्याण्डबलमा कास्कीलाई दोहोरो उपाधी

पोखरा -पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधी जितेको छ- प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ कास्कीले बागलुङलाई २४–१५ गोलले पराजित गर्दै उपाधि जित्दा महिलातर्फ कास्कीले बागलुङलाई ९–६ ले फाइनल खेल जित्दै उपाधि जित्यो । त्यस्तै सम्पन्न प्रतियोगितामा पुरुषतर्फ तनहुँ र महिलातर्फ पर्वत जिल्ला बन्न सफल भए । प्रतियोगितामा ५ जिल्लाका महिला तथा पुरुष गरी ८ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा बिजेता टिम तथा खेलाडीलाई ह्याण्डबलका… पुरा पढौ