प्रदेश २

बजाज खडक वारियर्स र रुपनी राईडर्स फाइनलमा

सप्तरी- विवेक यादव कप्तानीको बजाज खडक वारियर्स र कुशल भुर्तेल कप्तानीको रुपनी राईडर्स सप्तरीमा जारि तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेका छन्। शुक्रबार प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गर्दै बजाज खडक वारियर्स अंकतालिकाको शिर्षस्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो। अंकतालिकामा दोश्रो स्थानमा रहँदै रुपनी राईडर्स फाइनल प्रवेश गर्यो। वारियर्स र राईडर्स दुवैले लिग चरणमा ४ खेल खेल्दा समान ३… पुरा पढौ

उद्घाटन खेलमा रुपनी राईडर्स विजयी

सप्तरी- तेश्रो संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा सुरु भएको छ। लिग अन्तर्गत उद्घाटन खेलमा रुपनी राईडर्सले बोदे बर्साईन थन्डर्सलाई १३ रनले पराजित गर्यो। राज रंगशालामामा सम्पन्न खेलमा रुपनीले दिएको १४८ रनको लक्ष्य पछ्याउने क्रममा बोदे बर्साईनले पुरै २० ओभर ब्याटिंग गरेता पनि सम्पूर्ण विकेट गुमाएर १३४ रन मात्र बनाउन सक्यो। बोदे बर्साईनको लागि नारायण जोशीले सर्वाधिक ३३ रन, कप्तान सिद्धान्त लोहनीले २४ रन , योगेन्द्र सिंह कार्की र बिकाश दासले समान १७ रन बनाए। रुपनी राईडर्सको बलिंगमा… पुरा पढौ

सप्तरी प्रिमियर लिग क्रिकेट, खेलाडी अक्सन

सप्तरी-सप्तरी क्रिकेट संघको आयोजनामा यही चैत्र ८ गते देखि सप्तरीको राजविराजमा सुरु हुने तेश्रो संस्करणको सप्तरी प्रिमियर लिगको अक्सन बुधबार सम्पन्न भएको छ। राजविराज स्थित होटल स्टार डिलक्समा आयोजित अक्सनमा लिगमा सहभागी पाँचवटा टिमले कुल ६५ जना खेलाडीहरु टिममा बिभिन्न मूल्यमा भित्र्याएका छन्। अक्सन पछि सबै टिमको खेलाडी संख्या १५ पुगेको छ। टिमहरुले यस अघिनै मार्की खेलाडीको चयन गरेर अनुबन्धित गरिसकेको थियो भने प्रत्येक टिममा एक जना खेलाडी आयोजकले लोकल आइकोनको रुपमा समाबेश गरेको छ। तिलाठी कोइलाडीको दिपेन्द्र ऐरी मार्की… पुरा पढौ

क्वाटरफाईनल समिकरण पुरा

सिरहा- सिराहाको गोलबजारमा आयोजना भईरहेको योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको पुरुष ¥याङ्किङ्ग १६ तथा महिला ¥याङ्किङ्ग १२ को क्वाटरफाईनल समिकरण पुरा भएको छ । पुरुषको लिग प्रतियोगिताबाट समूह ए बाट सेनाका रत्नजित तामाङ्ग र एपिएफका गौतम कठायत पहिलो र दोश्रो हुँदै क्वाटरफाईनल प्रवेश गरेका हुन् । अब रत्नले समूह सीको दोश्रो स्थानमा रहेका भोजपुरका बिकास श्रेष्ठ संग प्रतिस्पर्धा गर्ने छन् । रत्नले लिगमा ३ मा तीन खेलनै जित्दै समूह विजेता भएका हुन् । यस्तै तीनमा… पुरा पढौ