क्वाटरफाईनल समिकरण पुरा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     माघ १ गते २०७७ मा प्रकाशित


सेनाका प्रफुल महर्जन

सिरहा- सिराहाको गोलबजारमा आयोजना भईरहेको योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय ¥याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको पुरुष ¥याङ्किङ्ग १६ तथा महिला ¥याङ्किङ्ग १२ को क्वाटरफाईनल समिकरण पुरा भएको छ ।

पुरुषको लिग प्रतियोगिताबाट समूह ए बाट सेनाका रत्नजित तामाङ्ग र एपिएफका गौतम कठायत पहिलो र दोश्रो हुँदै क्वाटरफाईनल प्रवेश गरेका हुन् । अब रत्नले समूह सीको दोश्रो स्थानमा रहेका भोजपुरका बिकास श्रेष्ठ संग प्रतिस्पर्धा गर्ने छन् । रत्नले लिगमा ३ मा तीन खेलनै जित्दै समूह विजेता भएका हुन् । यस्तै तीनमा दुई खेल जित्दै उपबिजेता भएका गौतमले समूह सिका बिजेता सेनाका प्रफुल महर्जनको सामना गर्ने भएका छन् । प्रफुलले ३ मा तीन खेलमा नै बिजय भएका थिए । यस्तै बिकासले तीनमा दुई खेल जिते ।

यस्तै समूह बी बाट एपिएफका दीपेश धामी र सेनाका नविन श्रेष्ठ बिजेता र उपबिजेता बन्दै क्वाटरफाईनल प्रवेश गरे । दीपेशले तीनमा तीन खेलमै बिजयी भएर बिजेता समूह बिजेता बनेका थिए भने नविनले एक खेल गुमाएका थिए । अब दीपेशले समूह डीका उपबिजेता रुकेश महर्जन संग प्रतिस्पर्धा गर्नेछन् । रुकेशले आफ्नो समूहमा तीनमा दुई जित निकाल्दै समूह उपबिजेता बनेका हुन् । यस्तै समूह डीका बिजेता सिल्क ग्रुपका प्रिन्स दाहालले समूह बीका उपबिजेता सेनाका नविन श्रेष्ठसंग प्रतिस्पर्धा गर्नेछन् । प्रिन्सले आफ्नो समूहमा सतप्रतिसत जीत निकालेका थिए ।

पुरुष ¥याङ्किङ्ग १६को बिहिबार भएको अन्तिम लिगमा एपिएफका गौतम कठायतल एपिएफकै सुमन लिम्बुलाई २१-९, २१-८ ले, पुलिसका सुनिल जोशीले बाँकेका इरफान अन्सारीलाई २१-१८, २१-१६ ले, सेनाका प्रफुल महर्जनले एपिएफका बिजित थापामगरलाई २१-१६, २३-२१ले, सेनाका रुकेश महर्जनले पुलिका जिवन आचार्यलाई २५-२३, २१-६ ले, सेनाका रत्नजित तामाङ्गले धादिङ्गका सुदीप सेंढाईलाई २१-११, २१-११ले, एपिएफका दिपेश धामीले सेनाका नविन श्रेष्ठलाई २१-११, २१-१७ ले, भोजपुरका बिकाश श्रेष्ठले पुलिसका दीपक बोहरालाई २१-१५, २१-१२ ले तथा सिल्क ग्रुपका प्रिन्स दाहालले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१-८, २१-९ ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ तथा गोलबजार नगरपालिकाको संयुक्त आयोजना तथा नेपाल ब्याडमिन्टन संघ र गोलबजार ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको महिला ¥याङ्किङ्ग १२ बाट समूह ए मा भोजपुरकी नङ्गशल देवी तामाङ्ग र बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशी बिजेता तथा उपबिजेताको रुपमा क्वाटरफाईनल प्रवेश गरे । अव नङ्गशलले समूह सीकी उपबिजेता एपिएफकी शोभा गौचनको सामना गर्ने छिन् । नङ्गशलले समूहमा सत्प्रतिसत जित निकालेकी थिईन् । यस्तै राजबंशीले समूह सीकी बिजेता राष्ट्रिय च्याम्पियन सेनाकी रशिला महर्जनको सामना गर्नेछिन् । समूह बीबाट सेनाकी अमिता गिरी र एपिएफकी सुनयना मुखिया बिजेता तथा उपबिजेता बन्दै क्वाटरफाईनल प्रवेश गरे । अमिताले समूह डीकी उपबिजेता अनुमाया राई र सुनयनाले एपिएफकी जेशिका गुरुङ्गको सामना गर्ने छन् ।

सिराहाको गोलबजारमा भर्खरै निर्मित कभर्डहलमा भएको प्रतियोगिताको १६ बाहेकको पुरुष एकलतर्फ सेनाका पविन लिनथेपले बिराट ब्याडमिन्टन क्लबका नविन सिलवाललाई २०-२२, २१-१४, २१-१३ पराजित गरे । यस्तै भोजपुरका बिशाल तामाङ्गले कैलालीका रोशन खत्रीलाई २१-९, २१-७ ले, पुर्ण बहादुर थपा, पुलिसले सौरभ बम, कञ्चनपुरलाई २१-१०, २१-१७ ले, डेभिड थापामगर, सेनाले सुजन थापा, साईनो एसएचलाई २१-१७, २१-१६ले, देवराज राना, कैलालीले, रोहित बराल, कपिलबस्तुलाई २१-१२, २१-१६ ले, एशिया जबेगु, पाँचथरले भोजबहादुर गुरुङ्ग सेनालाई २१-१६, २१-१४ले, गोकुल जोरा सेनाले, प्रियान्सु सिंह क्षेत्री, एपिएफलाई २१-१८, २१-१८ले, विवेक चौधरी कञ्चनपुरले कृष्ण पाठक धनकुटालाई २१-९, २१-१०ले, सन्तोष पनेरु, सेनाले राज बर्मा कपिलबस्तुलाई २१-१४, २१-१५ले, शिव थापा बाँकेले रोशन साउद कैलालीलाई १९-२१, २१-१९ को सेटमा रिटायर्ड हर्ट, ईन्द्रबहादुर महता, एपिएफले नरेन्द्र बम सुर्खेतलाई २१-१८, २१-१६ ले, सुजन श्रेष्ठ बुढासुब्बा ब्याडमिन्टन एकेडेमीले निशान्त कटुवाल संखुवासभाबाट वाकओभर, दिवस शंकर सेनाले, प्रकाश चन्द कञ्चनपुरलाई २१-१६, १७-२१, २१-८ले, पेम्बा शेर्पा सोलुखुम्बुले योगेश खड्का कैलालीलाई २१-१७, १७-२१, २१-१९ले, आयुष्मान नागरी सेनाले अनिल मल्ल ठकुरी सुर्खेतलाई २१-१७, २१-३ले तथा निराजन देवकोटा एपिएफले बिन्याक्स खत्री पाल्पालाई २१-१५, २१-११ले पराजित गर्दै राउण्ड १६ मा प्रवेश गरे ।

आजै भएको प्रतियोििगताको भेट्रान्स युगल तर्फको खेलमा ईमाडो ब्याडमिन्टन क्लबका दिलकुमार कन्दंवा र लोक बहादुर श्रेष्ठको जोडी, बशन्त लाल बज्राचार्य र महेशमान बज्राचार्य पाल्ला, देवेन्द्र राना र चुडामणी उपाध्याय कैलाली, अनिल कुमार लाखे बाँके सुभाष श्रेष्ठ चितवन, लक्ष्मण बिसी र नारायण श्रेष्ठ रामेछाप, शोभाकर भण्डारी र नविन पराजुली पोखरा, अमर बिष्ट र संजीव श्रेष्ठ संखुवासभा, भुपाल रानामगर र चित्र थापा उदयपुर, हरि खत्री र मन बहादुर राना कालिका, पूर्णहरी होना र संजय कपाली पिस एफसी तथा जीवन बोगटी र डिल्ली राम डाङ्गी पनि आआफ्ना प्रतिद्वन्दीलाई पन्छाउँदै राउण्ड १६ मा प्रवेश गरेका छन् ।