
लेखनाथ-पोखरा महानगरपालिका वडा नं २७ रिठेपानी स्थित राईजिङ्ग स्टार युथ क्लबको भण्डारी टोल स्थित भलिवल कोर्टमा भएको नवौं राईजिङ्ग स्टार खुल्ला वडास्तरीय भलिवल प्रतियोगिता आयोजक टिमले जितेको छ । शनिवार सम्पन्न फाइनल खेलमा बागलुङ्गको ढोरपाटन समूहलाई आयोजक राईजिङ्ग स्टार युथ क्लबको टिमले पराजित गर्दै एक लाख ११ हजार एक सय ११ रुपैयाँ नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पहिलो सेट जिते पनि लगातार राईजिङ्ग स्टारले २ सेट जितेपछि उपविजेता बनेको बागलुङ्गको ढोरपाटन समूहले रु ५५ हजार पाँच सय ५५नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
क्लवका अध्यक्ष तिलबहादुर गुरुङ अनिलको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका आजीवन संरक्षक पोखरा महानगरापालिका वडा नम्वर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, वडा सदस्य जितेन्द्रबहादुर क्षत्री, क्लबका पूर्व अध्यक्ष यमप्रसाद गुरुङ, संस्थापक अध्यक्ष प्रदिप गुरुङ लगायतले उत्कृष्ट खेलाडी राईजिङ्ग स्टारका सञ्जु विक्रम शाह, उत्कृष्ट सर्भर ढोरपाटनका सञ्जोक परियार,डिफेण्डर जीवन भण्डारी, स्पाइकर कमल सुनार, उत्कृष्ट ब्लकर राईजिङ्ग स्टारका विश्वास अधिकारी, उत्कृष्ट शर्टर अशोक ठकुरी लगायतलाई पुरस्कार वितरण गरेका थिए ।पूर्व अध्यक्ष विष्णुप्रसाद गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । प्रतियोगितामा १५ टिमको सहभागिता रहेकोे थियो ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…
पोखरा-भोलिदेखि गण्डकी प्रादेशिक क्रिकेट संघको आयोजनामा गण्डकी प्रदेश राष्ट्रिय विद्यालय क्रिकेट च्याम्पियनसिप २०८३ पोखरा रंगशाला क्रिकेट मैदानमा सुरु हुदैं छ । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, नवलपुर, स्याङ्जा र पर्वत जिल्लाका प्रतिनिधि विद्यालयहरूको सहभागिता रहनेछ। प्रत्येक जिल्लाबाट विद्यालयस्तरीय प्रतियोगिताको…