
पोखरा(खेलाडी न्युज)-हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथ क्षेत्रमा दोस्रो सस्करणको राष्ट्रियस्तरको स्की प्रतियोगिता गरिएको छ । समुन्द्र सतहदेखि झन्डै ३७ सय मिटर उचाईको मुक्तिनाथ क्षेत्रमा नेपाल स्की संघले दोस्रो पटक यो प्रतियोगिता आयोजना गरेको हो । राष्ट्रियस्तरको दोश्रो संस्करणमा विभिन्न पाँचवटा विधामा प्रतिश्पर्धा गरिएको थियो ।
स्की संघका महासचिव विजय श्रेष्ठका अनुसार अल्पाइन जुनियर र सिनियरमा महिला तथा पुरुषतर्फका चारवटा विधामा प्रतिश्पर्धा भएको थियो । त्यस्तै स्नोबोर्ड विधामा पनि खेलाडीले प्रतिश्पर्धा गरेका थिए । शनिबार भएको फाइनलमा स्की अल्पाइन सलालोम जुनियरमा पुरुषतर्फ दीपेश लामा, दिनेशकुमार बोहरा र आशिक गुरुङ क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए । अल्पाइन सिनियर पुरषतर्फ छिरिङ तेन्जिङ शेर्पा, कुङगा शेर्पा र सुकदेव थापा क्रमशः प्रथम, द्वितीय र तृतीय भए ।
महिलातर्फ अल्पाइन जुनियरमा प्रथम, द्वितीय र तृतीयको स्थान क्रमशः लक्ष्मी राइ, प्रियंका गुरुङ र पालिशा बज्रचार्यले ओगटेका छन् । त्यस्तै महिलाका सिनियरतर्फ प्रथम, द्वितीय र तृतीय स्थान क्रमशः गौरीमाया तामाङ, संगिता लामा र सजनी लामाले ओगटेका छन् । स्नोबोर्ड सलालोम इभेन्ट प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीयमा क्रमशः रञ्जन केसी, विकेक तिवारी क्षेत्री र नविन तामाङले स्थान ओगटेका थिए । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः स्वर्ण, रजत र काँश्य पदक पाएका थिए । श्रेष्ठका अनुसार प्रतिश्पर्धामा १६ पुरुष र १५ जना महिला खेलाडीले भाग लिएका थिए । विजेता खेलाडीलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । संघले सन् २०१६ मा लाङटाङको केन्जेनमा पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरेको थियो ।
संघका कोषाध्यक्ष जितेन्द्र श्रेष्ठका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार न्युनतम ३५० मिटर लामो दुरी हुनुपर्छ । तर स्थान अनुसार दुरीको मापदण्ड तय गरिएको उनको भनाई थियो । उनका अनुसार स्की अल्पाईनमा विशेष गरी १९५ सेन्टीमिटरको स्केट प्रयोग गरिन्छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…