
पोखरा(खेलाडी न्युज)-दक्षिण एशियाली खेलकुद(साग)को १३ औं सस्करणमा आईपुग्दा पहिलो पटक समावेश गरिएको विच भलिबल प्रतियोगिताले पोखराबाट विट मार्दा नेपाली महिला टोलीले भने कास्य पदक जितेको छ । पोखराको लेकसाईडस्थित फेवाताल किनारमा आयोजित प्रतियोगितामा विनिता बुढाथोकी र नेविका चौधरीले कास्य पदक जित्दै पदक विहीन अवस्थाको अन्त्य गरे ।
बुढाथोकी र चौधरीको जोडीले आफनै देशकी समूह बीका कोपिला उप्रेती र मनिषा चौधरीको जोडीलाई पन्छाउन तीन सेट खेले । पहिलो सेट २१–१२ मा लिएको बुढाथोकीको जोडीले दोस्रो सेट उप्रेतीको जोडीसँग १९–२१ ले गुमाउन पुगे । अन्तिम निर्णायक सेट भने १६–१४ ले लिदैं कास्य पदकको हकदार बने ।
महिला विच भलिबलको स्वर्ण र रजत भने श्रीलंकाको पोल्टामा पर्यो । श्रीलंकन समूह बीका दिपिका गेडेरा र मादुसानी विरसिंघेको जोडीले थारुका लक्सिनी र दिनेशा प्रसादिनीको जोडीलाई १९–२१, २१–१५ र १५–८ को सेटले पराजित गर्दै स्वर्ण पदक जिते । महिला विच भलिबल प्रतिस्पर्धा नेपाल, माल्दिभ्स र श्रीलंका सहभागित थिए ।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…