
पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला भलिबल संघको आयोजना तथा सृजना विकास केन्द्र पोखराको मुख्य प्रायोजनमा आगामी फागुन ६ गतेदेखि सामुदायिक विद्यालयस्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । भलिबल प्रतियोगितामा ५० टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।
विद्यालयस्तरीय प्रतिस्पर्धामा १२ कक्षासम्म अध्ययनरत विद्यार्थी समेत सहभागि जनाउन पाउने छन् । विद्यालयस्तरीयदेखि नै भलिबलको विकास र विस्तार गर्ने उद्देश्यसहित आयोजित प्रतियोगिताको विजेताले ५०/५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतिस्पर्धामा उपविजेताहरुले ३०/३० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
तेस्रो स्थानमा १५/१५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई नगद ५÷५ हजार रुपैया प्रदान गरिने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीमप्रसाद पराजुलीले बताए । उनका अनुसार अन्य ५ विधाका उत्कृष्ट खेलाडीले भने १/१ हजार नगदसहित ट्रफी प्राप्त गर्ने छन् । प्रतियोगिताको लािग ९ लाख ५५ हजार खर्च हुने अपेक्षा गरिएको छ ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…