
तस्बिर फाईल
तालिका अनुसार १२ औं जिल्लास्तरीय राष्ट्रिपति रनिङशिल्ड भईसक्नुपर्ने थियो । तर विश्वव्यापी कोरोना कहरले सबै ठप्पै छ । विद्यालय पठन पाठन रोकिएको छ । विद्यालय खुल्न सकेको छैन् । विद्यालयको पठन पाठन नहुदाँ अतिरिक्त क्रियाकलापको रुपमा रहेको खेलकुद गतिविधि शून्यमा छ ।
२०७६ असारमा ११ औं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि सम्पन्न भएको थियो । १२ औंं सस्करण भने आयोजना हुन सकेको छैन् । गाँउपालिकास्तरीय। महानगरपालिका हुदैं जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड हुदैं आएको छ । पहिलो संस्करण आयोजना भएपनि दोस्रो संस्करण भने भएको छैन् । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले यो विषम परिस्थितिमा स्वास्थ्यप्रति सम्वेदनशिल हुनुपर्नेमा जोड दिए । ‘जताततै त्रसितको बातावरण छ । सबै क्षेत्र ठप्प छ । खेलकुदजगतका गतिविधि पनि छैन्’ उनले भने–‘विद्यालयस्तरीय प्रतियोगिता गर्ने सम्भावना पनि छैन् ।’ जिल्ला हुदैं प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना टुंगिनेपछि राष्ट्रियस्तरमै राष्ट्रपति रनिङशिल्ड प्रतिस्पर्धा हुने छ ।
विद्यालय खुल्नुपर्यो । पठन पाठन हुनुपर्यो । त्यसमा पनि राष्ट्रिय खेलकुद परिषदले विद्यालयस्तरीय खेलकुद प्रतियोगिता राष्ट्रपति रनिङशिल्ड आयोजना गर्ने मिति तय गर्नुपर्छ । तर अहिले सम्भावना नरहेको उनको भनाई थियो । गौरीशंकर मावि हेमजाले जितेको छ । विद्यालयले ९ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै च्याम्पियन बनेको हो । ७ स्वर्ण पदक जितेको टप्स मावि भने दोस्रो स्थानमा चित्त बुझाएको थियो भने कुमुदिनीहोम्स भने ३ स्वर्णसहित तेस्रोस्थानमा रहेको थियो ।
प्रतिस्पर्धामा छात्रा भलिबल तर्फका उपाधि टप्सले उचालेको थियो । छोरेपाटन मावि दोस्रो र निष्पक्ष मावि तेस्रो स्थानमा रह्यो । छात्र तर्फको प्रतिस्पर्धामा भने मेश्रम बराह मावि घान्द्रुकले स्वर्ण पदक जित्दा शारदा मावि माछापुच्छ्रे गाँउपालिकाले रजत र सिद्धबराह माविले कास्य पदक जितेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…