पोखरा-२३ बाम्दीमा भलिबल कोर्ट तयार

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज २२ गते २०७७ मा प्रकाशित


पोखरा-२३ बाम्दीको भलिबल कोर्ट

पोखरा-पोखरा महानगरपालिकाकै दुर्गम वडा पोखरा-२३ बाम्दीमा अब भलिबलका गतिविधि बढ्ने छ । भलिबल कोर्टसहित दर्शकको लागि प्यारापिट निर्माण गरिएको छ । कोर्ट निर्माणले गाँउमा भलिबलको नयाँ आयाम थपिने विश्वास कास्की जिल्ला भलिबल संघले लिएको छ ।

राष्ट्रिय खेलकुद परिषदले गत वर्ष ५० लाख रुपैयाँ छु्ट्टाएको थियो । छुट्टाइएको बजेटले भलिबल कोर्टसहित दर्शक प्यारापिट निर्माण गरिएको कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले बताए । बाम्दी पराजुलीकै गाँउ हो ।

कोर्ट निर्माणपछि गाँउमा भलिबलका गतिविधि बढ्छन् । उनले भने विशेष गरी मेला र महोत्सवको समयमा भलिबल प्रतियोगिता आयोजना हुने छ । कोर्ट निर्माणले गाँउका युवाहरुलाई खेलकुद प्रति प्रेरित गर्न सहज हुने विश्वास उनले व्यक्त गरे ।

बाम्दी पोखरादेखि झण्डै १२ किलोमिटर पूर्व पर्छ । भलिबल कोर्ट निर्माण गर्न पोखरा-२३ वडा कार्यालयले जग्गा उपलब्ध गराईदिएको थियो । एक हजार दर्शक क्षमताको ५ स्टेपको प्याारपिट निर्माण गरिएको छ ।

कोर्ट निर्माण गर्न परिषदबाट प्राप्त ५० लाख रुपैयाँ र स्थानीय श्रमदान झण्डै ५ लाख रुपैयाँ बराबरको गरेको समेत संघका अध्यक्ष पराजुलीले सुनाए ।