
स्कोरिंग गरेपछि खुशी साट्दै ।
एजेन्सी-एनबीए अन्तर्गत लस एन्जलस लेकर्ससँगको पाँचौ खेलमा जित निकाल्दै मियामी हिटले सिरिज ३-२ मा झारेको छ ।
लेकर्सलाई गएराती भएको प्रतिस्पर्धामा हिटले ३ स्कोरको झिनो अन्तरले पराजित गरेको हो । अन्तिम क्र्वाटरमा तीन अंकले पछि परेपनि हिटले अघिल्ला तीन क्र्वाटरमा निकालेको ६ अंकको अग्रताले जितको हकदार बनाएको हो ।
पाँचौ खेलको श्रृंखलामा हिटले १११-१०८ को स्कोरमा पराजित गरेको थियो । पहिलो क्वार्टरमा हिटले २५-२४ ले अग्रता लिदाँ दोस्रो क्वार्टरमा पनि ३५-३२ ले अगाडि नै रह्यो । तेस्रो क्वार्टरमा भने २८-२६ ले लिड गर्दा चौथो क्वार्टरमा भने २३-२६ ले पछि परेको थियो ।
हिटका लागि सर्वाधिक स्कोर भने जेमी बटलरले गरे । उनले ३५ स्कोर गर्दा रिवाउण्ड मार्फत १२ र असिष्टबाट ११ स्कोर गर्न सहयोग गरे ।उता लेकर्सका स्टार लिब्रोन जेम्सले भने ४० स्कोर गरेपनि जित निकाल्न भने सकेनन् ।


पोखरा-पोखरा विश्वविद्यालय अन्तर्गतको पोखरा विश्वविद्यालय फुटबल क्लबले जेष्ठ २९ गतेदेखि असार ५ गतेसम्म भण्डारढिक खेल मैदान, लेखनाथमा पोखरा विश्वविद्यालय सुपरकप फुटबल प्रतियोगिता–२०८३ को तेस्रो संस्करण आयोजना गर्ने भएको छ । क्लबका अध्यक्ष बिमान प्रधान का अनुसार प्रतियोगिताको विजेता…