
जितपछि खुशी मनाउँदै जेम्स र डेभिस ।
एजेन्सीएनबीए बास्केटबल सिरिज अन्तर्गत सोमबार विहान लस एन्जलस लेकर्सले मियामी हिटसँगको छैटौं खेल जित्दै सिरिज ४–२ ले अग्रता बनाएका छन् ।
दोस्रो क्र्वाटरमा २० स्कोरको फरक परेपछि लेकर्सले हिटलाई १०६–९३ स्कोरले पराजित गर्दै सिरिज आफनो बलियो पकड बनाएको छ । लेकर्सले लिब्रोन जेम्स प्रेरित खेलमा पहिलो क्र्वाटरमा २८–२० स्कोरले अग्रता लिएको थियो ।
दोस्रो क्र्वाटर ३६–१६ को स्थितिमा टुंगिएको थियो । तेस्रो क्र्वाटरमा लेकर्सले २३–२२ को झिनो अन्तरले अग्रता बनाईराख्यो । तर चौथो क्र्वाटरमा हिटले १९–३५ ले कमव्याक गर्न खोजेपछि हारलाई टार्न भने सकेन् । जेम्सले २८ स्कोर गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…