
जितपछि खुशी मनाउँदै जेम्स र डेभिस ।
एजेन्सीएनबीए बास्केटबल सिरिज अन्तर्गत सोमबार विहान लस एन्जलस लेकर्सले मियामी हिटसँगको छैटौं खेल जित्दै सिरिज ४–२ ले अग्रता बनाएका छन् ।
दोस्रो क्र्वाटरमा २० स्कोरको फरक परेपछि लेकर्सले हिटलाई १०६–९३ स्कोरले पराजित गर्दै सिरिज आफनो बलियो पकड बनाएको छ । लेकर्सले लिब्रोन जेम्स प्रेरित खेलमा पहिलो क्र्वाटरमा २८–२० स्कोरले अग्रता लिएको थियो ।
दोस्रो क्र्वाटर ३६–१६ को स्थितिमा टुंगिएको थियो । तेस्रो क्र्वाटरमा लेकर्सले २३–२२ को झिनो अन्तरले अग्रता बनाईराख्यो । तर चौथो क्र्वाटरमा हिटले १९–३५ ले कमव्याक गर्न खोजेपछि हारलाई टार्न भने सकेन् । जेम्सले २८ स्कोर गरेका थिए ।